Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

डोम, मुसहर समुदायको सशक्तीकरणको लागि दलित दबाब समुह गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवाप्रसौनी गाउँपालिका वडा -५, एकडर्वा लखनपुरमा डोम, मुसहर समुदायको सशक्तिकरणकाे लागि दलित दबाब समुह गठन गरिएको छ ।

पिसफोर दलित फाउन्डेसन नेपाल, प्रदेश -२ को आयोजनामा भएकाे डाेम, मुसहर समुदायकाे भेलाले रामाअशिस मुसहरकाे संयोजकत्वमा ११ सदस्यीय दलित दबाब समुह गठन गरेकाे हाे । जुन समितिकाे सह-संयोजक संगिता देवी डोम, सदस्यहरु संतोस मुसहर, रामजी मुसहर, मन्तोरा देवि मुसहर, उमा देवी मुसहर, जितेन्द्र मुसहर, गणेश मुसहर, किसमा देवी डोम, दावा मुसहर, राजिन्द्र मुसहर चयन भएका छन् ।

डोम, मुसहर समुदायको अधिकारको लागि संघर्ष गर्न आवश्यक देखिएले दबाब समुह गठन गरिएकाे पिसफाेर फाउन्डेसनका अध्यक्ष मनाेज रामले वताए । दलित समुदायको सबै जाती भन्दा डोम, मुसहर समुदायको अवस्था निकै कमजोर रहेकोेले सशक्तीकरणकाे लागि समुह गठन गरिएकाे उनले जानकारी दिए ।

डोम, मुसहर लगायत दलित समुदायको माथि भैइरहेको हिंसा, हत्या, विभेदको विरुद्ध आवाज उठाउन पनि समुहले काम गर्ने छ ।

भेलामा दलितको सामाजिक न्याय तथा सामाजिक स्वतन्त्रताको लागि १०१ दलित युवा नेतृत्व अभियानको संयोजक सुरेन्द्र पासवान, पिसफोर दलित फाउन्डेसनका अशोक राम, परमान्द राम, चन्द्र किशोर राम, दलित अगुवा लगायतको सहभागिता रहेकोे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...