Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

वीरगञ्जकाे घडिहअर्वामा शनिबार बृहत स्वास्थ्य शिविर हुँदै

spot_img
spot_img

वीरगञ्ज  । दिप हेल्थ क्लिनिक र जय नेपाल प्याथोलोजी सेन्टरको आयोजनामा फागुन १ गते वीरगञ्जमा बृहत स्वास्थ्य शिविर हुने भएकाे छ । 

फाल्गुन १ गते शनिवारको दिन बिहान ७ बजेदेखी वीरगञ्जस्थित घडिअर्वा पोखरी परिसरमा हुने शिविरमा डेढ दर्जन विशेषज्ञ चिकित्सकहरुकाे सहभागिता रहने डा. दिपक चाैरसियाले वताए । 

बालरोग विशेषज्ञ डा. आनन्द कुमार झा, जेनरल फिजिसियन डा. उदयनारायण सिँह, स्त्री रोग विशेषज्ञ डा. निलम चौरसिया, हाडजोर्नी रोग विशेषज्ञ डा. दिलिप चौरसियालगायतका १८ जना विशेषज्ञ चिकित्सकद्वारा शिविरमा परिक्षण गरिने आयोजकले जनाएको छ । 

वीरगञ्जमै पहिलोपटक यति धेरै चिकित्सकहरुको उपस्थितीमा शिविर हुन लागेको आयोजकको दाबी छ । शिविरमा नि:शुल्क लैब परिक्षणको समेत सुविधा रहेको छ । 

आँखा, दाँत, छाला, नशा, हाडजोर्नी लगायतका रोगहरुको परिक्षण गर्नुका साथै औषधि समेत वितरण गरिने छ । सम्पुर्ण रोगहरुको एकैठाउँमा चेकजाच गरिने हुँदा शिविरमा सहभागी भएर मौकाको फाइदा उठाउन पनि आयोजकले आग्रह गरेको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...