Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

जसपाकाे मशाल जुलुशमा प्रहरी हस्तक्षेप, ९ घाइते र ४ जना पक्राउ

spot_img
spot_img

वीरगंज । संसद विघटनको विरुद्ध जनता समाजवादी पार्टी (जसपा) पर्साले बुधबार वीरगंजमा मशाल जुलुश प्रदर्शन गरेको छ । तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत जसपाले निकालेकाे मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गर्दा ९ जना घाइते भएका छन् भने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

वीरगंजको लिंक रोड, माइस्थान र लाठ गलीबाट निस्केको मशाल जुलुश घण्टाघर पुग्दा प्रहरीले हस्तक्षे गरेको थियो । सोही क्रममा प्रदर्शनकारी र प्रहरी बिच झडप समेत भएको थियो । प्रहरीले प्रदर्शनकारी मध्ये ४ जनालाई नियन्त्रणमा समेत लिएको थियो ।

जसपाकी केन्द्रिय सदस्य मोनिका सिंह, मुनी श्रीवास्तव, राजेश साह, प्रभु साह, राजेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत मशाल जुलुश प्रदर्शन गरिएको जसपा पर्साका अध्यक्ष रामनरेश यादवले बताए । उनले संसद पुर्नस्थापन नभए सम्म आन्दाेलन जारी रहने वताए ।

प्रदर्शनको क्रममा पक्राउ परेका चारै जनालाई प्रहरलिे केही बेर पछि छोडेको थियो । प्रदर्शनको कार्यक्रम सम्पन्न पश्चात अध्यक्ष यादवको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पुगेका टोलीको जिम्मा पक्राउ परेकाहरुलाई प्रहरीले छोडेको थियो ।

मशाल जुलुश प्रदर्शनको क्रममा प्रदेश सांसद प्रहलाद गिरीसहित ९ जना घाईते समेत भएको जसपा पर्साका सचिव तबरेज अहमदले बताए । जसपाका नेता कृषणा पटेल, श्रीराम गिरी, एजाजबाबु राँकी, रुपक पटेल, सरोज यादव, दिपु बर्मा, गौरव बर्मा, रिपु बर्मा घाईते भएको सचिव अहमदले जानकारी दिए ।

घाईतेहरुको वीरगंजस्थित नारायाणी अस्पतालमा उपचारपछि भइरहेकाे उनले जानकारी गराए ।

मशाल जुलुश प्रदर्शनमा प्रदेश सांसद करिमा बेग्म, जन्नत अंसारी, जसपाका केन्द्रिय सदस्य शिव पटेल, नेजामुद्दिन सम्मानी, फिरोज मंसुर, शिवजी सोनी, बिरेन्द्र यादव, जगदिश पटेल, ओम प्रकास सर्राफ, सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल, बिन्दवासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु, पोखरिया नगरपालिकाकी उपमेयर सलमा खातुन लगायतको सहभागिता रहेको थियो ।

यसै गरि बाराको परवानीपुरमा पनि मशाल जुलुश प्रदर्शन भएको छ । संसद विघटन विरुद्ध निकालिएकाे मशाल जुलुशमा गाउँपालिका अध्यक्ष हरिनारायण साह, वडाध्यक्ष अनिल राम, मुकेश रौनियार, बिरेन्द्र सोनल, संतोष यादव लगायतको सहभागिता रहेको थियो ।

जसपा परवानीपुरकाे आयाेजनामा परावनीपुर बजारबाट निस्केको मशाल जुलुश बजार परिक्रममा गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...