Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

छिपहरमाई र ठाेरीमा अबैध घरेलु मदिरा भठ्ठी नष्ट

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले विभिन्न ठाउँमा संचालन रहेकाे अबैध घरेलु मदिरा भठ्ठी नष्ट गरेकाे छ ।

अबैध घरेलु मदिरा नष्ट गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका ईलाका प्रहरी कार्यालय ठोरी र सिमा प्रहरी चाैकी भिस्वा बन्जारीबाट खटी गएको प्रहरी टोलीले छिपहरमाई गाउँपालिका वडा नं.४ बन्जारी र ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरस्थित विभिन्न स्थानमा अवैध रुपमा संचालनमा रहेकाे घरेलु मदिरा उत्पादन गर्ने भठ्ठी ६ वटा फुटाई नष्ट गरेको हाे ।

सो भठ्ठीहरुबाट घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ एक हजार ५ सय लिटर र तयारी मदिरा एक हजार लिटर बरामद गरी कानून बमोजिम नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

यसका साथै नष्ट गरिएकाे भठ्ठीबाट रक्सी बनाउन प्रयोग गरिने मेसिन १ थान, ड्रम १० थान र ९० थान भाँडा वर्तन समते नियन्त्रणमा लिएको प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनाेजित कुंवरले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...

चोरीको मोटरसाइकलसहित रौतहटका २५ वर्षीय युवक भारतमा पक्राउ

वीरगंज । चोरी भएको मोटरसाइकल लिएर भारत पुगेका रौतहटका एक युवकलाई भारतीय प्रहरीले बिहारको मोतीहारी जिल्लाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–बलुवा गाउँका...

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...