Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

छिपहरमाई र ठाेरीमा अबैध घरेलु मदिरा भठ्ठी नष्ट

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले विभिन्न ठाउँमा संचालन रहेकाे अबैध घरेलु मदिरा भठ्ठी नष्ट गरेकाे छ ।

अबैध घरेलु मदिरा नष्ट गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका ईलाका प्रहरी कार्यालय ठोरी र सिमा प्रहरी चाैकी भिस्वा बन्जारीबाट खटी गएको प्रहरी टोलीले छिपहरमाई गाउँपालिका वडा नं.४ बन्जारी र ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरस्थित विभिन्न स्थानमा अवैध रुपमा संचालनमा रहेकाे घरेलु मदिरा उत्पादन गर्ने भठ्ठी ६ वटा फुटाई नष्ट गरेको हाे ।

सो भठ्ठीहरुबाट घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ एक हजार ५ सय लिटर र तयारी मदिरा एक हजार लिटर बरामद गरी कानून बमोजिम नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

यसका साथै नष्ट गरिएकाे भठ्ठीबाट रक्सी बनाउन प्रयोग गरिने मेसिन १ थान, ड्रम १० थान र ९० थान भाँडा वर्तन समते नियन्त्रणमा लिएको प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनाेजित कुंवरले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...