Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

देउरबानामा दलित दबाब समुह गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा -४, देउरबानामा म‌गलबार दलित अधिकारकाे लागि दलित दबाव समुह गठन भएकाे छ । 

पिसफोर दलित फाउन्डेसन नेपाल, प्रदेश -२ को आयोजनामा देउरबानामा भएकाे दलित समुदायको भेलाले नागेन्द्र पासवानको संयोजकत्वमा १३ सदस्यीय दलित दबाव समुह गठन गरेकाे हाे । जुन समितिकाे सह-संयोजक हाकिम मुसहर सदस्य युवराज मुसहर, जग मुसहर, ब्रह्मदेव मुसहर, रामजी पासवान, ठग पासवान, सरस्वती देवी मुसहर, सुखली देवी मुसहर, श्याम कुमार, नागेन्द्र पासवान, सुनैना देवी, मुनि मुसहर चयन भएका छन् । 

दलित अधिकारको लागि दलित दबाब समुह गठन गरिएको पिसफाेर दलित फाउन्डेसनका अध्यक्ष मनाेज रामले वताए । दलित समुदायको समस्या, दलित समुदायको अधिकारको लागि समुह गठन गरिएकाे उनले जानकारी दिए ।

दलित माथिको जातीय विभेद, छुवाछूत, सामाजिक विभेद, अन्याय, अत्याचार, दमन शोषण, असमानताकाे बिरुद्धमा समुह काम गर्ने जनाइएकाे छ ।

भेलामा सामाजिक न्याय तथा सामाजिक स्वतन्त्रताको लागि १०१ दलित युवा नेतृत्व अभियानको संयोजक सुरेन्द्र पासवान, पिसफोर दलितस फाउन्डेसन नेपालको अशोक राम, पिसफोर दलितस फाउन्डेसन नेपालका सदस्य परमान्द राम, दलित अगुवा लगायतको सहभागिता रहेकोे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...