Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

खाद्य स्वच्छता सम्बन्धी तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंजमा खाद्य स्वच्छता सम्बन्धी एक दिने तालिम मंगलबार सन्पन्न भएको छ । होमेस्टेय तथा होटल/रेसटुरेण्ट क्यान्टिङ्ग संचालकहरुको लागि वीरगंजस्थित भिस्वा होटलमा संचालित तालिम सम्पन्न भएको हो ।

खाद्य प्रबिधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय वीरगंजको आयोजनामा तथा होटेल व्यवसायी संघ पर्साको सहकार्यमा भएको तालिममा वीरगंज महानगरमा रहेका होटेल, रेस्टुरेन्ट, क्यान्टिन, भोजनालय, मिठाई पसलहरुलाई खाद्य स्वच्छता कायम गर्नका लागि पालना गर्नु पर्ने आवस्यक मापदण्डहरुका बारेमा जानकारी गराईएको थियो ।

तालिममा खाद्य प्रबिधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय वीरगंज कार्यालयका प्रमुख बिक्की राउतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले होटेलको वरपरको वातावरण सफा राख्ने, खाद्य बस्तु तयार गर्दा पिउन मिल्ने सफा प्रशोधित पानीको प्रयोग गर्ने, पानी भण्डारण टयाङ्गकिको नियमित सरसफाइ गर्ने, खानालाई पाकिन्जेल सम्म राम्ररी पकाउने, तातो खानालाई ६० डिग्री सेल्सियस भन्दा माथि र चिसो खानालाई ५ डिग्री सेल्सियस भन्दा तल भण्डारण गर्ने, मांसाहारी र शाकाहारी तथा पाकेको र काचो खानालाई छुट्टाछुट्टै भाडामा भन्डारण गर्ने, शाकाहारी र मासाहारी, काचो र पाकेको खानाको लागि बेग्लाबेग्लै रङ्गको चपिङ्ग बोर्ड तथा चक्कुको प्रयोग गर्ने, सफा लुगा र एप्रोनको प्रयोग गर्ने, हेयर क्याप, माक्स, जुत्ता कभर, पन्जा आदिको प्रयोग गर्ने, खाना छुनु भन्दा अघि वा पछी, शौचालयको प्रयोग पछी, नाक कान छोए पछी र खोके पछी साबुन पानीले राम्ररि हात धुने लगायतको कुरामा सबैले ध्यानदिएमा उपभोक्ताहरुले स्वच्छता र गुणस्तर खाना पाउने कार्यपत्र प्रस्तुत गरेका थिए ।

खाद्य प्रबिधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय वीरगंजका प्रमुख किक्की राउतको अध्यक्षता र पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको प्रमुख आतिथ्यतामा भएको तालिममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, नेपाल होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश न.२ का महासचिव तबरेज आलम, नेपाल पत्रकार महासंघ प्रदेश न.२ का सदस्य जगत राई, उपभोक्ता हित संरक्षण मञ्च वीरगंज महानगरका अध्यक्ष अजित कुमार भुजेल, घरेलु तथा साना उद्योग कार्यालय वीरगंजका अशोक पान्डे, होटल व्यवसायी संघ पर्साका अध्यक्ष दिपकमान श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...