Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

शिक्षा विकास समन्वय समितीको बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गतका जिल्ला शिक्षा विकास समन्वय समितीकाे बैठक सोमबार वीरगंजस्थित दियालो होटलमा सम्पन भएको छ ।

जिल्ला शिक्षा विकास समन्वय ईकाई कार्यालयका प्रमुख फतबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले जिल्ला स्तरिय अनुगमन समितीमा ३ जना सदस्य थप गर्ने निर्णय गरेको छ । वीरगंज महा नगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्ण, जिल्ला शिक्षा विकास समन्वय ईकाई कार्यालयबाट मनोज चौधरी र छिपहरमाई गाउपालिकाकी शिक्षा प्रमुख सृजना बुढाथोकीलाई थप गर्ने निर्णय गरिएको कार्यक्रमका जिल्ला संयोजक रामनारायण साह रौनियारले बताए ।

बैठकले बिन्दवासिनी र जिराभवानी गाउपालिकामा ग्राण्ड सहितको कार्यक्रम गर्ने अनुमोदन गरेको छ । साथै बैठकले अब दोस्रोे चरणको कार्यक्रमलाई प्रभावकारी बनाउन पालिकाका प्रतिनिधीहरुलाई क्षमता अभिबृद्धि गर्ने र कोभिडबाट प्रभावित शिक्षाको स्तरलाई उकासन सपोर्ट गर्ने सहितको कामको अनुमोदन समेत गरेको छ ।

बैठकमा नेपाल पत्रकार महासंघका सचिव युवराज खडका, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव, डिसिटीका सदस्य लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...