Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

अब कांग्रेसलाई कुनै पनि शक्तिले हराउन सक्दैन : उपसभापति निधि

spot_img
spot_img
वीरगंज । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमबाट अहिले मुलुकमा नयाँ संकट सृजना भएको आरोप लगाएका छन् ।
 
प्रेस युनियन पर्साको आयोजनामा वीरगंजस्थित दियालो होटलमा साेमबार भएको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति निधिले प्रतिनिधिसभा विघटनलाई नेपाली काँग्रेसले असंवैधानिक कदम ठहर गरि सकेको बताए । उनले संसद विघटन अलोकतान्त्रिक कदम हो, जनता र मतदानको अपमान हो, जसरी हामी शुरुमा भनि रहेका थियौ, प्रधानमन्त्रीले ३ वर्षमा जे जति काम गरि रहेका छन्, त्यो संविधान, संघीयता र लोकतन्त्रको विरोधमा रहेको भन्दै प्रधानमन्त्रीको कार्यले मुलुक अधिनायकवादी, शासन प्रणालीतर्फ उन्मुख भइरहेको बताए ।
 
उप सभापति निधिले अहिलेको राजनीतिक संकटको समाधानको उपाय एक मात्र हो, नेपाली जनताले प्रतिनिधि सभा पाउनु र त्यसको लागि नेपाली काँग्रेस लागि परेको बताए । उनले राजनीतिक दल एउटै कामको लागि मात्र होइन, मुलुकमा जस्तो सुकै परिस्थिति आएपनि लड्न तयार रहनुपर्छ । त्यसैले मुलुकमा निर्वाचनको अवस्था आए निर्वाचनको लागि तयार रहन मदताहरुलाई आह्वान समेत गरे ।
 
निर्वाचनको सन्दर्भमा बोल्दै उपसभापति निधिले काँग्रेसलाई कुनै पार्टीले हराउन नसक्ने ठोकुवा गरे । नेपाली काँग्रेस जतिपटक हारेको छ, आफ्नै कारण हारेको छ, र यो कुरा पार्टीलाई महसुस भइसकेको कारण आगामी निर्वाचनमा कुनै किसिमको त्रुटि नगरि आफै सचेत भई अगाडि बढ्ने भएकोले अबको निर्वाचनमा प्रदेश २ लगायत तराईमा नै नेपाली काँग्रेसलाई कुनै पनि पार्टीले हराउन नसक्ने दाबी गरे ।
 
प्रेस युनियन पर्साका कार्यवाहक अध्यक्ष विजय चौहानको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा पार्टीका नेतृ तथा पूर्व शिक्षामन्त्री चित्रलेखा यादव, केन्द्रिय सदस्य फर्मुल्लाह मन्सुर, अजय चौरसिया, नेता नेता सुरेन्द्र चौधरी, बृजलाल प्रसाद यादव, पर्सा जिल्ला सभापति अजय द्विवेदी, पूर्व सांसद अनिल रुङ्गटा, राजेन्द्र बहादुर अमात्य, रामेश्वर रौनियार, प्रदेशसभा सदस्य राजेश्वर साह, ओमप्रकाश शर्मा, जिल्ला उप–सभापति दिना प्रसाद गुप्ता, प्रकाश उपाध्याय, लालबाबु सिंह, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमकाे संचालन जिल्ला सचिव किशाेरी साहले गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...