Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

महाधिवेशन प्रतिनिधि स्व. सिंहकाे श्रद्धाञ्जली सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढि नगरपालिका वडा नं‍. ४ बर्वाटाडी निवासी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि स्व. उपेन्द्र सिंहकाे साेमबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

नेपाली कांग्रेस पर्सागढि नगरपालिका वडा नं‍. ४ को आयोजनामा भएकाे श्रद्धाञ्जली सभालाई सम्बाेधन गर्दै नेपाली कांग्रेसका उप सभापति बिमलेन्द्र निधिले सिंहकाे निधनले ठुलाे क्षति पुगेकाे वताए । 

पूर्व गृहमन्त्री समेत रहेकाे नेता निधिले सिंहकाे परिवारजनमा समवेदना प्रकट गर्दै पार्टीले एक असल नेता गुमाएकाेमा दु:ख समेत व्यक्त गरे ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् युवा नेता गगन थापाले कांग्रेसले आफ्नो एउटा कर्मठ नेता गुमाएको वताए । उनले भने “हामी केन्द्रिय नेताहरु पनि स्थानिय नेताकाे श्रद्धाञ्जली सभामा सहभागी हुनु पर्छ । यस्तो समयमा हामी सहभागी र समवेदना दिए घरपरिवारका सदस्यलाई पार्टी प्रति बिश्वास समेत हुन्छ ।”

बुथ सभापति जंग बहादुर दास थारुको सभापतित्वमा भएकाे श्रद्धाञ्जली सभामा प्रमुख अतिथि नेपाली कांग्रेसकी नेत्रृ चित्रलेखा यादब, केन्द्रिय सदस्य फरमुल्लाह मन्सुर, अजयकुमार चौरसिया, पूर्व मन्त्री शुरेन्द्र प्रसाद चौधरी, जिल्ला सभापति अजय कुमार दुवेविदी, पूर्व सांसद अनील रुङठा, प्रदेश सभा सदस्य राजेशवर साह तेली, नेपाली कांग्रेस पर्साका जिल्ला सिचव श्याम पटेल, पर्सागढि नगरपालिकाका मेयर लोकनारायण यादव, नगर उपप्रमुख अर्चना चौधरी, नेता अशोक गुप्ता, सरजुग महतो लगायतकाे उपस्थिती रहेकाे थियाे ।

६५ बर्षकाे उमेरमा निधन भएकाे स्व. सिंहकाे १३ औं दिनकाे पुण्य तिथीमा श्रद्धाञ्जली सभाकाे आयाेजना गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...