Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

रेडक्रस पर्साद्वारा विभिन्न व्यक्ति र संस्था सम्मानित

spot_img
spot_img

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको ५२ औ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ ।

वीरगंजस्थित श्री त्रीजुद्ध माध्यमिक बिद्यालयको सभाकक्षमा भएको कार्यक्रममा रेडक्रसका पुर्वमन्त्री इन्द्रजित श्रीवास्तवलाई स्व.भुपेन्द्रलाल स्मृति पुरस्कार, रक्त सञ्चार केन्द्रलाई पटक पटक सहयोग गरे बापत सुर्या नेपाल प्रा.लि, वीरगंज महानगरपालिका, बहुदरामाई र पर्सागढी नगरपालिकालाई सम्मान गरिएको थियो ।

यस्तै आर्थिक वर्ष भरिमा उत्कृष्ट कार्य गरे बापत उत्कृष्ट स्वयंसेवक पुरस्कार शिवनाथ यादवलाई, बढी संख्यामा रक्तदान गरे बापत कारागार कार्यालय वीरगंज र पहल संस्थालाई, बढी संख्या र बढिपटक रक्तदान गराए बापत साहेब दरवार सेवा संस्थानलाई, बढी संख्यामा महिलाबाट रक्तदान गराए बापत रेडियो वीरगंंज एफएमलाई, बढि पटक रक्तदान गराएकोमा उपशाखा पोखरियालाई, ग्रामिण तर्फ बढी संख्यामा रक्तदान गराए बापत ने.रा.मा.बि. एस.एल.सि.समूह २०५१ डुमरवाना र उपशाखा महुवनलाई पनि सम्मान गरिएकाे थियाे ।

साथै वर्षमा ४ पटक रक्तदान गरेकोमा योगेस खनाल, तबरेज अहम्मदलाई, महिला तर्फ वर्षमा ३ पटक रक्तदान गरेकोमा मिना चौरासीयालाई र रक्तदान कार्यक्रममा हरदम उल्लेखनीय योगदान गरेकोमा भोलेन्टियर समूह वीरगंजलाई सम्मान गरिएको रेडक्रसका राजन श्रीवास्तवले बताए ।

shyam sarrafकार्यक्रममै कोरोना महामारीको समयमा दिनरात सेवाभावले खटिएका एम्बुलेन्स चालक मन्ताज मियाँलाई उत्कृष्ट कर्मचारी सेवा पुरस्कार, रक्तसञ्चार केन्द्रमा रक्तपुर्तिमा उल्लेखनीय भुमिका निर्वाह गरेकोमा रक्तसञ्चार केन्द्रका कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

रेडक्रस पर्साका सभापति बिरेन्द्र राज कंडेलकाे सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन रेडक्रस प्रदेश नं.२ का अध्यक्ष फुलमहम्मद मियाँले झन्डोतोलन र पानसमा बत्ती बाली गरेका थिए ।

कार्यक्रममा रेडक्रस पर्साका उपसभापति श्रीमती मधु राणाले स्वागत मन्तव्य एवं रेडक्रसको ७ सिधाान्त प्रस्तुत गरेकी थिईन ।

आर्थिक वर्ष २०७६/०७७ को प्रगती प्रतिबेदन र आउने वर्षको प्रस्तावित मन्त्री शौलेन्द्र कुमार चौरसिया र आर्थिक प्रतिवेदन कोषाध्यक्ष महन्थ प्रसाद यादवले प्रस्तुत गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...