Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

छिपहरमाईमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वामा शनिबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. सदस्य सेवा केन्द्र, छिपहरमाई गापा -५, भिस्वाको आयोजनामा श्री मंगल माध्यमिक विद्यालय भिस्वामा भएकाे शिविर सम्पन्न भएकाे हाे ।

सशस्त्र प्रहरी बल (नः १३ गण हे. क्वा.,पर्सा), राष्ट्रिय शहकारी बैंक शाखा कार्यालय विरगंज,  श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., माट्रिका आई फाउन्डेशन विरगंज र कोअपरेटिभ म्यानेजर्स क्लब विरगंजको सह आयाेजनामा भएकाे शिविरमा मेडिकल, अर्थाे, गाईनाे, बच्चा र आँखाकाे डाक्टरहरुले स्वास्थ्य परिक्षण गरेका थिए । 

शिविरमा ५ सय ३५ जना महिला र पुरुषले आँखा परिक्षण गराएका थिए । जस मध्ये १०३ जनामा मोतियाबिंदु फेला परेको जनाइएकाे छ । मोतियाबिंदु फेला परेकोलाई नि:शुल्क शल्यक्रिया समेत गरिने माट्रिका आई फाउन्डेशन विरगंजले जनाएकाे छ । 

शिविरमा सशस्त्र प्रहरी बल सिमा सुरक्षा बेस क्याम्प बंजारी भिस्वाका प्रहरी निरीक्षक संजिव बानियाँ, प्रहरी चौकी भिस्वाका प्रहरी नायब निरिक्षक प्रेम मिश्रा, स्थानिय नेता समसुल मियाँ, मनोज पटेल लगायतको उपस्थिती रहेको थियोे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...