Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

छिपहरमाईमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वामा शनिबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. सदस्य सेवा केन्द्र, छिपहरमाई गापा -५, भिस्वाको आयोजनामा श्री मंगल माध्यमिक विद्यालय भिस्वामा भएकाे शिविर सम्पन्न भएकाे हाे ।

सशस्त्र प्रहरी बल (नः १३ गण हे. क्वा.,पर्सा), राष्ट्रिय शहकारी बैंक शाखा कार्यालय विरगंज,  श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., माट्रिका आई फाउन्डेशन विरगंज र कोअपरेटिभ म्यानेजर्स क्लब विरगंजको सह आयाेजनामा भएकाे शिविरमा मेडिकल, अर्थाे, गाईनाे, बच्चा र आँखाकाे डाक्टरहरुले स्वास्थ्य परिक्षण गरेका थिए । 

शिविरमा ५ सय ३५ जना महिला र पुरुषले आँखा परिक्षण गराएका थिए । जस मध्ये १०३ जनामा मोतियाबिंदु फेला परेको जनाइएकाे छ । मोतियाबिंदु फेला परेकोलाई नि:शुल्क शल्यक्रिया समेत गरिने माट्रिका आई फाउन्डेशन विरगंजले जनाएकाे छ । 

शिविरमा सशस्त्र प्रहरी बल सिमा सुरक्षा बेस क्याम्प बंजारी भिस्वाका प्रहरी निरीक्षक संजिव बानियाँ, प्रहरी चौकी भिस्वाका प्रहरी नायब निरिक्षक प्रेम मिश्रा, स्थानिय नेता समसुल मियाँ, मनोज पटेल लगायतको उपस्थिती रहेको थियोे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...