Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

वीरगन्जमा हिन्दु स्वयंसेवक सम्मेलन सम्पन्न (फाेटाेफिचर सहित)

spot_img
spot_img

वीरगंज । हिन्दु स्वयंसेवक संघ नेपालको स्वयंसेवक सम्मेलन शनिबार वीरगन्जमा भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन संघका राष्ट्रिय सह संघचालक एवं पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक कल्याण कुमार तिम्लसिनाले गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सह सघंचालक तिम्लसिनाले हिन्दुत्व र देशको लागि काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘जुन व्यक्तिमा देश र राष्ट्रभक्तीको भावना छैन त्यो व्यक्ति व्यक्तिको जन्म बेकार छ, त्यसैले आफूभित्र देशभक्तीको भावना हुनुपर्छ अनि मात्र सच्चा स्वयंसेवक बन्न सकिन्छ ।’

पुर्खाहरुको उखान प्रस्तुत गर्दै उनले धर्म, संस्कृति हराए काशी जानु, न्याय हराए गोर्खा जानु, भन्दै धर्म संस्कार हराए हिन्दु स्वयंसेवक संघमा लाग्नु पर्छ किनभने संघमै धर्म संस्कृति तथा संस्कार सिकाउँने काम गरेको बताए ।

hindu samealnसम्मेलनमा सहभागि हुने स्वयंसेवक प्रति नमन गर्दै उनले भने, ‘हिम्मत, आट, जोसजागर र विश्वास भएको कर्मठ योद्धाले मात्र संघमा आबद्ध हुन्छ र संघको विचारलाई विश्वरी नै फैलाउँने काम गरेको छ । संघ नेपालमा मात्र नभई विश्वको ५२ वटा देशमा फैलिएको छ । हिन्दुत्वको महत्वलाई पनि फैलाउँने काम गर्न सकिने उनले बताए ।

मुलुकमा जनगणाको नाममा विभिन्न जातजातिलाई विभाजन गर्न खोजिएको छ, उनले भने,‘ हिन्दु भयो भने किरात, बौद्ध, जैन हुन पाईन्छ तर मुस्लिम भयो भने, मुस्लिम मात्र बन्न पाईन्छ किनभने, मुस्मिल धर्मले धर्ममात्र परिर्वतन हुदैन, नाम, जातपात सम्पूण परिवर्तन हुन्छ । त्यसैले हिन्दुधर्म मात्र एउटा यस्तो धर्मको जसले कसैको धर्ममाथि प्रहार गर्दैन ।’

samelanme sahbhagiमुलुकमा अहिले जबरजस्ती कृश्चिन तथा मुस्लिम धर्म परिर्वतन गर्ने काम भईरहेको छ । उनले भने, ‘अहिले हामी आफनो धर्म संस्कृतिको जर्गेना गर्न सकेनौ वा हिन्दु धर्मका अनुवायीले आफनो धर्म संस्कृति अनुसारको व्यवहार र कार्य गरेन भने नेपालमा पनि धर्म संस्कृति मासिने छ ।’

विश्वको सबभन्दा ठूलो सभ्यता रोमको थियो तर जुन प्रकारको यहुदीहरु रोममा प्रवेश गरे अहिले त्यहाँको सभ्यता हराएको छ र कृश्चियनहरु हावी भएको छन । उनले भने, ‘यदी हामी आफनो हिन्दु धर्म संस्कृतिको रक्षाको निम्ती जागरुक भएनौ भने, रोमकै अवस्था यहाँ हुन्छ त्यसैले अहिले हामी आफनो धर्म संस्कृति प्रति जागरुक भएका छौ, हिन्दु स्वयंसेवक संघले बोकेको विचारधारामा कटिबद्ध भएर यसको संरक्षण गर्नुपर्छ ।’

raily_hindu sawmsewakउद्घाटन समारोह पश्चात हिन्दु स्वयंसेवक संघका स्वयंसेवकहरु गणवेशमा बाजागाजा सहित वीरगन्ज नगरक्षेत्रमा पथ संचालन (मार्चपास) निकालिएको थियो ।

ठाकुरराम बहुमुखी क्याम्पस शिक्षा विभागको मैदानबाट निकालिएको पथ संचालन घडिअर्वा, माईस्थान, घण्टाघर, आर्दशनगर, अलखियामठ, गणेशमान, विर्ता, मकालु होटल, कैलाश चोक हुदै पुन ठाकुररामको शिक्षा विभागको मैदानमा पुगि सम्पन्न भएको थियो ।

पथ संचालन हुने क्रममा महानगरवासीले गणवेशमा रहेका स्वयंसेवकहरुमाथि चोक चोकमा पुष्पबर्षा गरेर भव्य रुपमा स्वागत तथा सम्मान समेत गरेका थिए ।

guest_hindu sawmsewakसंघका पर्सा जिल्लाका संघचालक ललन दुवेद्धीको अध्यक्षतामा भएको स्वयंसेवक सम्मेलनमा संघका राष्ट्रिय प्रचारक बेद प्रकाश, पशुपति शिक्षा मन्दिरका अध्यक्ष एवं उद्योगपति अशोक बैंध, संघका जनकपुर सम्भाग सहचालक अशोक शर्मा, जनजाती कल्याण आश्रमका महासचिव प्रेम थुलुङ्ग, विश्व हिन्दु परिषदका महासचिव जितेन्द्र सिंह, संगठन सचिव प्रहलाद रेग्मी, संघ प्रचारक रन्जीत साह लगायतको सहभागिता रहेको थियो ।

marchpasssamelanma jhando tolan

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...