Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ को बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको निर्वाचन क्षेत्र नं.४ को नेपाली कांग्रेसको बैठक बिहीबार सम्पन्न भएको छ । क्षेत्रिय सभापति रमेश पाण्डेको सभापतित्व र केन्द्रिय सदस्य रमेश रिजालको प्रमुख आतिथ्यमा भएको बैठकले ३ वटा महत्वपुर्ण निर्णय गरेको छ ।

क्षेत्र अन्तर्गत रहेका ३२ वटा वडामा एकै साथ फाल्गुन ७ गते पार्टीको वडा कार्यालय उद्घाटन गर्ने, संगठन परिचालन तथा ब्यवस्थापन गर्ने र क्षेत्रका ६ वटा पालिकालाई ६ वटा कल्सटर निमार्ण गरी ६ जना संयोजक रहने गरी १५ सदस्यीय परिचालन समिती गठन गरेको छ ।

ठोरी गाउँपालिकाका संयोजकमा बृहस्पति श्रेष्ठ, जिराभवानी गाउँपालिकामा शंकर चौधरी, धोबिनी गाउँपालिकामा बशिष्ठनारायण कुर्मी, जगरनाथपुर गाउँपालिकामा रामदेव चौहान, कालिकामाई गाउँपालिकामा राजेन्द्र कुमार कुर्मी र छिपहरमाई गाउँपालिकामा रमेश पाण्डेलाई सर्बसम्मत निर्णय गरेको क्षेत्रिय सचिव श्रीकान्त यादवले बताए ।

बैठकमा जिल्ला सचिव किशोरी साह कानु, प्रदेश सांसद शंकर चौधरी, जिल्ला सदस्य नविन सिंह, रामबहादुर श्रेष्ठ र छिपहरमाई गाउँपालिकाका संयोजक रामेश्वर महतो लगायतका सहगभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...