Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

वीरगञ्जमा हार्ट एण्ड सुपर स्प्यासिलिटी पोलिक्लिनिककाे उद्घाटन

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्जमा मटुसम्बन्धी सम्पूर्ण रोगको उपचारका लागि ‘वीरगञ्ज हार्ट एण्ड सुपर स्प्यासिलिटी पोलिक्लिनिक’ले सेवा शुरू गरेको छ । 

क्लिनिकको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बिहीबार उद्घाटन गरेका थिए । 

मुटुसम्बन्धी समस्याको सहज उपचारलाई लक्षित गरेर सेवा शुरू गरिएको पोक्लिनिकका सञ्चालक डा. मधु गुप्ताले बताईन । बिरामीहरूलाई सहज र सुलभ रुपमा विशेषज्ञसहित सेवा प्रदान गरिने सञ्चालक डा. गुप्ताले जानकारी दिइन । 

पोलिक्लिनिकमा मुटुसम्बन्धी उपचारमा टीएमटी, पीएफटी, इको, एबीपी मोनिटरिङ लगायतको सेवा दिइने छ । पोलिक्लिनिकले विशेषज्ञ डाक्टरहरूद्वारा मुटुसम्बन्धी सबै उपचार सेवा, मधुमेह, थाइराइड, स्त्री रोग, पेटसम्बन्धी समस्या, फोक्सोको जाँच र नशा रोगको उपचारको प्रबन्ध मिलाएको डा. गुप्ताले बताईन । 

बाल तथा शिशु रोग विशेषज्ञबाट नवजात शिशु र बाल रोगको पनि उपचार हुने पोलिक्लिनिकले जानकारी दिएको छ । विरामीलाई सहज रुपमा उपचारका लागि पोलिक्लिनिक परिसरमै प्याथोजी ल्याव र फार्मेसीको पनि व्यवस्था मिलाइएको छ ।

पोलिक्लिनिकले उपचारमा नयाँ प्रविधि र विशेषज्ञतालाई विशेष जोड दिइएको बताएको छ । वीरगञ्जबाहिरका विशेषज्ञ डाक्टरहरूबाट पनि बिरामीलाई सेवा प्रदान गर्ने व्यवस्था मिलाउने योजना पनि बनाएको छ । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...