Date
शनि, असार २०, २०८३
Sat, July 4, 2026

हिन्दु स्वयंसेवक संघले वीरगन्जमा भव्य रुपमा पथ संचालन गर्ने

spot_img
spot_img

वीरगंज । हिन्दु स्वयंसेवक संघ नेपाल पर्साले वीरगन्जमा भव्य रुपमा पथ—संचालन (रुटमार्च) कार्यक्रमको आयोजना गर्ने भएको छ । सामाजिक तथा सांस्कृतिक संगठनको रुपमा रहेको संघले यही माघ २४ गते शनिबार प्रशिक्षित हिन्दु स्वयंसेवकहरु गणवेशमा पथ—संचालन गर्ने कार्यक्रम तय भएको संघका जिल्ला संघचालक ललन द्धिवेदीले बताए ।

संघको वीरगन्ज शाखाद्वारा निर्मित स्वंयसेवकहरुको एकत्रिकरणका निम्ती पथ—संचलान कार्यक्रमको आयोजना गरिएको उनले बताए । कार्यक्रमको मुख्यअतिथिमा नेपाल प्रहरीका अवकाश प्राप्त अतिरिक्त प्रहरी महानिरिक्षक एवं संघका राष्ट्रिय सह संघचालक कल्याण तिमिल्सिनाले गर्नुहुने उनले बताए ।

आर्दशनगरस्थित रहेको ठाकुराम बहुमुखी क्याम्पसको शिक्षा संकायको मैदानबाट शनिबार विबहान १२ बजे निकालिने मार्चपास बालमन्दिर, घडिअर्वा, माईस्थान, घण्टाघर हुदै पुन: माईस्थान, आर्दशनगर, अलखिया मठ, कन्या मावि, गणेशमान चौक, विर्ता मन्दिर, मकालु होटल, कैलाश चौक हुदै क्याम्पसको शिक्षा संकायको मैदानमा पुगि समापन हुने छ ।

सामाजिक तथा सांस्कृतिक संगठनको रुपमा रहेको हिन्दु स्वयंसेवक संघले नेपालमा २९ बर्षदेखि विभिन्न सामाजिक कार्यगर्दै आएको छ । संघले शिक्षा, सेवा, प्रशिक्षण, जागरण ईत्यादीको माध्यमले अनुशासित चरित्रवान, सुसंस्कारित तथा देश—भक्त व्यक्ति निर्माण गर्दै राष्ट्र निर्माणको कार्य गर्ने उदेश्य लिएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपा वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित भएका छन् । वीरगंज महानगर समितिका सभापति दीपराज पटेलले उनलाई महानगर कार्यसमितिको...

ई–स्कुटर आगलागी प्रकरण : प्रशासनले बाेलाउँदा पनि आएन कुशवाहा मोटर्स

वीरगंज । कुशवाहा मोटर्स वीरगंजले जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनसमेत बेवास्ता गरेको आरोप लागेको छ । केही दिनअघि कुशवाहा मोटर्सबाट खरिद गरिएको एउटा ई–स्कुटरमा...

वीरगंज–३ मा रक्तदान कार्यक्रम, एक महिलासहित २२ जनाले गरे रक्तदान

वीरगंज । अत्यधिक गर्मीका कारण अस्पतालहरूमा रगतको माग बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिका–३ को आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वडा नं....