Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

उचित व्यवस्थापन गर्न खुद्रा व्यवसायीहरुको मांग्

spot_img
spot_img

वीरगंज । बीरगंजस्थित रातो बंगला नजिकै उत्तरपट्टी रहेको खाली जग्गामा व्यवसाय गरिरहेका खुद्रा वस्त्र तथा फैन्सी पसलका व्यवसायीहरुले उचित व्यवस्थापनको मांग गरेका छन् । वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा बुधबार पत्रकार सम्मेलन गर्दै खुद्रा व्यवसायीहरुले वीरगंज महानगरपालिकाको निर्देशन अनुसार सो जग्गामा पसल खडा गरेको गरे पनि मंगलबार अचानक बिना सूचना घर टहरा तथा पसलहरु तोडफोड गरिएको आरोप लगाएका छन् ।

खुद्रा वस्त्र व्यवसायी संघका अध्यक्ष म. इस्लामुदिन अन्सारीले खण्डर बनेको जग्गालाई व्यवस्थापन गरी आफ्नो पैसा लगाएर पसल धनीहरु सो क्षेत्रलाई व्यवस्थित गरेको तथा १२० वटा पसल सो ठाउँमा सञ्चालन गरे पनि बिना सूचना अचानक घरटहरा तथा पसलहरु हटाउँदा आफू बिचलीमा परेको बताए ।

बीरगंज महा नगरपालिकाको जग्गा खाली गराउने निर्णयले सो क्षेत्रमा व्यापार गरिरहेका १ सय २० पसलधनी तथा पसलमै आश्रित परिवार विचल्लीमा परेको उनले दाबी गरे ।

करिब १ करोड ५० लाख भन्दा बढी लगानी रहेको त्यहाँ व्यवसाय संचालन गरिएको बताउँदै कोरोनामा व्यापार नै नभएको तथा बैंकको किस्ता समेत तिर्न नसकिरहेको अवस्थामा पसल पनि हटाइए पछि आफुहरु मर्नु नबाच्नुको अवस्थामा पुगेको खुद्रा व्यवसायीहरुको गुनासो छ । व्यापारी प्रदिप कुमार पटवाले आफुहरु विकासको विरोधी नरहेको बताउँदै महानगरपालिकाले आफुहरुको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका गरे ।

बीरगंज महानगरपालिकाले गत २० गते पसल खाली गराउँदा अत्यधिक बल प्रयोग गरिएको तथा तीन व्यसायीहरु समेत सामान्य घाइते भएको दुखेसो पोखे । पत्रकार सम्मेलनमा खुद्रा बस्त्र व्यवसायी संघ पर्साका सचिव प्रमोद कुमार गुप्ता, सदस्य संतोष प्रसाद रौनियार लगायतको व्यवसायीहरुको उपस्थित रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...