Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

कोभिड महामारीमा अग्रपंक्तिमा खटेका चिकित्सक, नर्स र सफाईकर्मी सम्मानित

वीरगंज । कोरोना भाइरसको महामारीमा अग्रपंक्तिमा खटिएका ३५ जनालाई नगवा युवा समाजले सम्मान गरेको छ । समाजका अध्यक्ष अजय पासवानको सभापतित्वमा भएको कार्यक्रममा चिकित्सक, नर्स, सफाईकर्मीलगायतका ३५ जनालाई सम्मानपत्रले सम्मान गरिएको थियोे ।

- Advertisement -

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले वीरगंज महानगरपालिका र स्वास्थकर्मी लगायत विभिन्न व्यक्तिहरुले कोरोना नियन्त्रण गर्न चालेको सकारात्मक कदमकै कारण महामारी नियन्त्रण गर्न सफल भएको बताए । कोरोनाको हटस्पट बनेको वीरगंजमा स्थानीय प्रशासनको समन्वय र अन्य सामाजिक संघ संस्थाहरुको सहयोगमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सकिएको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर सरावगीले वीरगंज महानगरको जिम्मेवारी नभएको कामलाई पनि जिम्मेवारी पूर्वक गर्दै विपत बिरुद्धको लडाईमा अहोरात्र खटेको दाबी गरे । महामारीको बेला अस्पताल तथा क्वारेन्टाईनमा खटिएका चिकित्सकहरुको जोखिम भत्ता पनि सरकारले नदिएको भन्दै दुःखेसो पोखे ।

कोरोना महामारीको बेला व्यवस्थित क्वारेन्टाईनको व्यस्थापन गर्नुको साथै ७०४ जनाको घरघरमा गएर कोरोनाको उपचार तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न औषधी पनि दिईएको उनले बताए । विपतको बेला अनुसशासनहिनताका कारण महामारी नियन्त्रण गर्न नसकिने बताउँदै उनले विपत सम्बन्धी समाजमा अनुसशानबारे जनचेतना फैलाउन युवाहरुलाई आग्रह गरे ।कोरोना महामारी नियन्त्रण गर्न चिकित्सकदेखी सरसफाईकर्मी सम्मको भुमिका महत्वपुर्ण रहेको बताउँदै उनले महानगरपालिकाले पनि आगामी दिनमा उनीहरुलाई सम्मान गर्ने उद्घोष गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि एंवम् पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कोरोना जस्तो भ्यावह महामारीको बेला युवाहरुले खेलेको भूमिका पृथ्वी नारायण साह जस्तै अतुल्नीय रहेको बताए । उक्त महामारीको बेला आफ्नो ज्यान, घरपरिवार सबै त्यागेर विभिन्न बाँधा अड्चनको बाबजुद पनि अहोरात्र खट्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाईकर्मी, समाजसेवी लगायतको भूमिका इतिहासमै स्थापित भएको उनले बताए ।

त्यस्तै वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले कोरोनाको दाण्डव उत्कर्समा पुगेको बेला महामारी नियन्त्रण गर्न अहोरात्र खट्ने योद्धाहरुलाई धन्बाद दिदै अस्पताल तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पनि सम्मान गरेकोमा आयोजकप्रति आभार व्यक्त गरेका थिए ।

विश्व महामारीको रुप लिएको कोरोना भाइरसको महामारीको बेला वीरगंजमा अग्रपंक्तिमा खटिएका प्रभु हस्पिटलका निर्देशक डा. मनोज गुप्ताा, डा. लक्ष्मी थापा, डा. महेश्वर कुर्मी, डा. घनश्याम यादव, डा. रन्जित कुमार चौरसिया, नेपाल इण्डो हस्पिटलका प्रशासन प्रमुख हिमांशु शेखर, नगवा युवा क्लबका वरिष्ठ सल्लहाकार रामबाबु पासवान, डा. एकलाखु रहमान, डा विरेन्द्र महतो, डा. राधा भट्टराई अर्याल, डा. राजेश साहलगायतलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानित हुनेहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे तथा अत्य अतिथिहरुले सम्मान पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रमको सहजिकरण बिधार्थी नेता शिभम साहले गरेका थिए ।

ताजा अपडेट

थप समाचार

पर्सामा अवैध साल काठसहित ट्याक्टर बरामद, एक जना नियन्त्रणमा

वीरगंज । पर्सामा अवैध रूपमा ओसारपसार हुँदै गरेको साल काठसहित एक ट्याक्टर नियन्त्रणमा लिइएको छ । सबैया सब डिभिजन वन कार्यालयको टोलीले उक्त कारबाही...

महुवनमा गुठीको अतिक्रमित जग्गाबाट ३८० घरटहरा हटाइयो, ७ डोजर प्रयोग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित पारसनाथ मन्दिरको करिब ६ विघा अतिक्रमित जग्गा आइतबार बिहान खाली गराइएको छ । अतिक्रमण हटाउन ७ वटा...

परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि निजगढ फुटबल क्लबलाई

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता को उपाधि निजगढ फुटबल क्लब ले उचालेको छ । शनिबार भएको फाइनल खेलमा निजगढ फुटबल क्लबले आयोजक...