Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईले म्याद थप नहुनुकाे लिखित कारण पनि उपलब्ध गराएन

spot_img
spot_img

वीरगंज । कालिकामाई गाउँपालिकाले एमआइस अपरेटर र फिल्ड सहायककाे म्याद थप नहुनुकाे लिखित कारण पनि उपलब्ध गराउन मानेकाे छैन् । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले म्याद थप गर्न दिएकाे निर्देशन समेत पालना गरेकाे छैन ।

एमआइस अपरेटर लक्ष्मण साह र फिल्ड सहायक भेष साहले लिखित कारण माग गर्दा पनि गाउँ कार्यपालिका कार्यालयले उपलब्ध गराएकाे छैन । 

दुबै जनाले संयुक्त रुपमा विभिन्न किसिमकाे लिखित सूचना माग गर्दै गाउँ कार्यपालिकाकाे कार्यालय हरिहरपुरमा मिति २०७७/१०/०९ गते नै निवेदन दर्ता गराए थिए । गाउँ कार्यपालिका कार्यालयमा दर्ता नं. ७१९ मा निवेदन दर्ता भएपनि १० दिन वितिसक्दा पनि सूचना उपलब्ध नभएकाे गुनासाे प्राप्त भएकाे छ ।

निवेदन दर्ता गराउने बेलामा अधिकृत साहले ५ दिन पछि प्रमाणित कागजात उपलब्ध गराउन वताएका थिए । पांच दिन पछि कार्यालय ति कर्मचारी कार्यालय पुग्दा पनि सूचना अधिकारी उलब्ध नगराएका हुन् । 

दुबै जनाले आफ्नाे हाजरीकाे प्रमाणित प्रतिलिपी, म्याद थप नहुनुकाे लिखित कारण, कार्यापालिकाले म्याद थप नगर्न गरेकाे निर्णयकाे प्रमाणित प्रतिलिपी, हाल सम्मकाे कार्य अनुभव, प्रशासन शाखाले मिति २०७७/०८/०८ मा उठाएकाे म्यादकाे टिप्णी आदेश, हाजिरी नगर्नुकाे  लिखित कारण लगायतकाे ७ वटा प्रमाणित कागजात सहितकाे सूचना माग गरेका थिए ।

 यसले आम नागरिककाे सूचना सम्बन्धिकाे हक समेत कुण्ठित भएकाेले सम्बन्धित निकायकाे ध्यान पुग्न जरुरी देखिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...