Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

सम्पादकीय : शित–लहरमा सरकारी बेवास्ता

spot_img
spot_img

तराईमा बढदो शितलहरका कारण यहाँका जनजीवन कष्टकर बन्दै गएको छ । दिनहुँको बढदो कठ्याङ्गदो चिसो बाट सिंगो तराईको जनजीवन कष्टकर बन्दै जाँदा पनि सरकारी संयन्त्रले कुनै चासो देखाएको छैन ।

वर्षेनी आउने चिसोको मौषममा सरकारी संयन्त्र परिचालित भई चिसोको मारमा परेका निसहाय र गरिब जनतालाई विभिन्न राहत उपलब्ध गराउँदै आए पनि यसपाली पूर्णतः बेवास्ता गरिएको छ ।

यस अघिका चिसोको मौसममा बाटो हिंड्ने बटुवाहरुको अवस्थालाई मध्यनजर गर्दै ठाउँ–ठाउँ न्यानो हुन दाउरा बालेर आगोको ब्यवस्था गरिन्थ्यो भने यसपाली त्यो पनि गरिएको छैन । सामान्यतः यो शित–लहरको मौषममा अति बिप्पन परिवारहरुलाई न्यानो कपडाको अभावका कारण जनजीवन कष्टकर हुनुका साथै विभिन्न रोग व्याधि हुने भएकोले त्यसबाट जोगाउन सरकारी राहतको आवश्यकता देखिन्छ तर त्यसमा सरकारी संयन्त्र उदासीन छ ।

स्थानिय आवश्यकता मध्यनजर गर्दै सोही अनुसार बजेट परिचालन गर्न स्थानीय सरकार अधिकारसम्पन्न रहे पनि स्थानीय आवश्यकता प्रति स्थानीय सरकारहरू पनि गम्भीर देखिएका छैन्न ।

विगतका दिनहरूमा यो मौषमलाई ध्यानमा राखी विभिन्न संघ संस्थाहरुले तदारुकता देखाउदै विभिन्न राहत योजनाहरु ल्याए पनि यसपाली त्यो पनि देखिएन । तसर्थ अविलम्ब स्थानिय आवश्यता अनुसार यो शितलहरमा सरकारी संयन्त्रले गम्भिरता देखाउ“दै विभिन्न राहत योजनाहरु ल्याउन जरुरी छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...