Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

युवा जनशक्ति समाजले सुरु ग¥यो युवा जागरण अभियान

spot_img
spot_img

वीरगंज । युवा जनशक्ति समाज नेपाल पर्साले युवा जागरण अभियान सुरु गरेको छ ।समाजको आईतवार कार्यालयको सभाहलमा बसेको बैठकले युवा जागरण अभियानको लागि एक समिति निर्माण गरी कार्य थलानी गर्न कार्यदेश दिएको छ ।

युवा जनशक्ति नेपालका अध्यक्ष बिनेश प्रसाद कुर्मीको सभापतित्वमा बसेको बैठकले युवा जागरण अभियानको लागि प्रदीप ठाकुरको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ । सो कमिटीको सह–संयोजकमा संगीता पाण्डे, सदस्यहरुमा सुभाष चन्द्र गुप्ता, अजय कुमार चौरसिया, श्रवण प्रसाद साह, रंजीत चौरसिया, अफरोज अहमद, करण पटेल, कुन्दन गुप्ता, बिदया सागर, नन्दलाल ठाकुर रहनु भएको छ ।

सो समितिको बरिष्ठ सल्लाहकारमा बिरेन्द्र ठाकुर र शेष मखदुम जहाँगस्त रहनु भएको छ । नव गठित अभियानले समाजमा रहेका कुरिति, बिसंगतीलाई हटाउन, युवाहरुलाई सामाजिक कार्यमा लगाउन अभिप्रेरित गर्ने, कुलतमा लागेका, बेरोजगार युवाहरुलाई रोजगारको लागि पहल गर्ने, युवाहरुमा रहेको हरेक समस्या समाधानका लागि पहल गर्ने उदेश्यका साथ सो अभियान सुरु गरेको समाजका अध्यक्ष कुर्मीले जानकारी दिनु भयो ।

सो अवसरमा संस्थाका सचिव जायेद हुसैन, नेहाल अहमद लगायतका पदाधिकारी एवं सदस्यहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

हरितालिका पर्व स् पशुपति क्षेत्रमा बिहानैदेखि महिला व्रतालुको लाम

काठमाडौँ ।  यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा महिला व्रतालु भक्तजनको लाम लागेको छ । हरितालिका व्रत बसेका...

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...