Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

कालिकामाईबाट गाँजा र चरेससहित एक जना पक्राउ

spot_img
spot_img

वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर बिर्ताबाट प्रहरीले लागू औषध गाँजा र चरेससहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पोखरिया मातहतका रहेको ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटेको प्रहरी टोलीले हरिहरपुरस्थित प्रेम हजराको घरमा छापामारी गरेर गाँजा र चरेससहित उनलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा शुक्रबार हरिहरपुरस्थित हजराको घरमा प्रहरीले छापामारी गर्दा एक किलो एक सय ग्राम गाँजा र ४ सय ग्राम चरेस बरामद गरिएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक दिपक थापाले बताए ।

शुक्रबार साँझ सवा ६ बजेको करिवमा प्रहरीले हजराको घरमा छापामारी गरि उनको घरमा लुकाएर राखिएको लागूऔषध गाँजा र चरेस बरामद गरेको थियो ।

पक्राउ परेका हजरालाई ईलाका प्रहरी कार्यालय पोखरिया ल्याई आवश्यक कारवाही अगाडी बढाईएको प्रहरी निरिक्षक थापाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...