Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

पशु स्वास्थ सेवा प्राविधिक संघ पर्साको नयाँ कार्य समिति चयन

spot_img
spot_img

वीरगंज । नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघ पर्साको प्रथम जिल्ला अधिवेशन शनिबार वीरगंजमा सम्पन्न भएको छ । वीरगंज ड्राईपोर्टस्थित बाटिका होटलमा भएको अधिवेशनले केशराज प्रसाद कुर्मीको अध्यक्षतामा नया“ जिल्ला कार्य समिति चयन गरेको छ ।

जुन समितिको उपाध्यक्ष सुजाता चौधरी, दिपनारायण रौनियार, सचिव गौरिशंकर यादव, सह–सचिव नरेन्द्र प्रसाद साह, कोषाध्यक्ष मोहन कुमार साह चयन भएका छन् ।

समितिको सदस्यमा खेमराज पटेल, हरिओम साह कानु, संजोग राम, सुबासनी कुमारी, रिना कुमारी दास, प्रदीप कुमार पटेल, अच्छेलाल साह, हरिनारायण पण्डित, आयुष यादव, संजित साह तेली रहेका छन् ।

केशव प्रसाद कुर्मीको अध्यक्षता र नेपाली कांग्रेस पर्साका सभापति अजय दुवेदीको प्रमुख आतिथ्यतामा भएको अधिवेशन उदघाट्न समारोहमा धोविनी गाउ“पालिकाका अध्यक्ष सुरेश प्रसाद कुर्मी, संघका केन्द्रिय अध्यक्ष जनक रावल, कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष उतम कटुवाल, मनोज तिवारी, क्न्द्रिय सचिव अशोक कुमार रौनियार, युगल किसोर सिंह, संघका केन्द्रिय महासचिव सुरेश कुमार श्रेष्ठ, बैजुलाल गुप्ता, मंदिप महतो लगायतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रममै नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...