Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

पशु स्वास्थ सेवा प्राविधिक संघ पर्साको नयाँ कार्य समिति चयन

spot_img
spot_img

वीरगंज । नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघ पर्साको प्रथम जिल्ला अधिवेशन शनिबार वीरगंजमा सम्पन्न भएको छ । वीरगंज ड्राईपोर्टस्थित बाटिका होटलमा भएको अधिवेशनले केशराज प्रसाद कुर्मीको अध्यक्षतामा नया“ जिल्ला कार्य समिति चयन गरेको छ ।

जुन समितिको उपाध्यक्ष सुजाता चौधरी, दिपनारायण रौनियार, सचिव गौरिशंकर यादव, सह–सचिव नरेन्द्र प्रसाद साह, कोषाध्यक्ष मोहन कुमार साह चयन भएका छन् ।

समितिको सदस्यमा खेमराज पटेल, हरिओम साह कानु, संजोग राम, सुबासनी कुमारी, रिना कुमारी दास, प्रदीप कुमार पटेल, अच्छेलाल साह, हरिनारायण पण्डित, आयुष यादव, संजित साह तेली रहेका छन् ।

केशव प्रसाद कुर्मीको अध्यक्षता र नेपाली कांग्रेस पर्साका सभापति अजय दुवेदीको प्रमुख आतिथ्यतामा भएको अधिवेशन उदघाट्न समारोहमा धोविनी गाउ“पालिकाका अध्यक्ष सुरेश प्रसाद कुर्मी, संघका केन्द्रिय अध्यक्ष जनक रावल, कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष उतम कटुवाल, मनोज तिवारी, क्न्द्रिय सचिव अशोक कुमार रौनियार, युगल किसोर सिंह, संघका केन्द्रिय महासचिव सुरेश कुमार श्रेष्ठ, बैजुलाल गुप्ता, मंदिप महतो लगायतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रममै नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...