Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

छिपहरमाईमा निःशुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरर्गज । पर्साको छिपहरमाई गाउ“पालिका वडा नं. २ टिहुकीमा शनिबार निःशुल्क आ“खा शिविर सम्पन्न भएको छ । छिपहरमाई गाउ“पालिकाको सहयोग र सामुदायिक तालिम केन्द्रको आयोजनामा भएको शिविरमा ७ सय १२ जनाले आ“खा परीक्षण गराएका छन् ।

जस मध्ये १ सय ८६ जनामा मोतियाबिन्दु फेला परेको आयोजक संस्थाले जनाएको छ । शिबिरमा निःशुल्क औषधी समेत वितरण गरिएको र मोतियाबिन्दु फेला परेकाहरुलाई निःशुल्क सल्यक्रिया समेत गरिने छ ।

छिपहरमाई गाउ“पालिका अध्यक्ष मनोज कुमार गुप्ताको अध्यक्षतामा भएको शिविरमा समसुल मिया“, वडाध्यक्ष महेन्द्र साह कलवार, बिनोद साह, मौजिलाल साह, स्वास्थ्य संयोजक शम्भु साह, नरेन्द्र साह, अमोद केवट, पत्रकार लालबाबु बानिया, रितु कुमारी कर्ण लगायतको सहभागिता रहेको थियो ।

शिबिरमा केडिया आ“खा अस्पतालका चिक्तिसक शिवशंकर प्रसाद, कौशल कुमार कर्ण, राकेश कुमार गिरी, निशा न्यौपाने, राजेश अधिकारी, सोमबहादुर श्रेष्ठ लगायतले आ“खा परीक्षण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...