Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

छिपहरमाईमा निःशुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरर्गज । पर्साको छिपहरमाई गाउ“पालिका वडा नं. २ टिहुकीमा शनिबार निःशुल्क आ“खा शिविर सम्पन्न भएको छ । छिपहरमाई गाउ“पालिकाको सहयोग र सामुदायिक तालिम केन्द्रको आयोजनामा भएको शिविरमा ७ सय १२ जनाले आ“खा परीक्षण गराएका छन् ।

जस मध्ये १ सय ८६ जनामा मोतियाबिन्दु फेला परेको आयोजक संस्थाले जनाएको छ । शिबिरमा निःशुल्क औषधी समेत वितरण गरिएको र मोतियाबिन्दु फेला परेकाहरुलाई निःशुल्क सल्यक्रिया समेत गरिने छ ।

छिपहरमाई गाउ“पालिका अध्यक्ष मनोज कुमार गुप्ताको अध्यक्षतामा भएको शिविरमा समसुल मिया“, वडाध्यक्ष महेन्द्र साह कलवार, बिनोद साह, मौजिलाल साह, स्वास्थ्य संयोजक शम्भु साह, नरेन्द्र साह, अमोद केवट, पत्रकार लालबाबु बानिया, रितु कुमारी कर्ण लगायतको सहभागिता रहेको थियो ।

शिबिरमा केडिया आ“खा अस्पतालका चिक्तिसक शिवशंकर प्रसाद, कौशल कुमार कर्ण, राकेश कुमार गिरी, निशा न्यौपाने, राजेश अधिकारी, सोमबहादुर श्रेष्ठ लगायतले आ“खा परीक्षण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...