Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

युवाहरुको सक्रियतामा गरिबलाई कम्बल

spot_img
spot_img

वीरगंज ।  वीरगंज महानगरपालिका वडा नं. ३१ बेलवा र लक्ष्मीपुर टोलका ८० जना गरिब तथा विपन्नलाई कम्बल वितरण गरिएको छ । युवाहरुको सक्रियतामा शनिबार ८० जना विपन्नलाई कम्बल वितरण गरिएको हो ।

युवाहरुको व्यक्तिगत सहयोग र प्रयासमा कम्बल वितरण गरिएको युवा समाजसेवी अजय चौरसियाले बताए । सामाजिक अभियन्ता प्रकाश थारुको विशेष पहलमा लक्ष्मीपुरको एक सामुदायिक विधालय र बेलवा टोलको विपन्न वस्तीमा अनौपचारिक कार्यक्रम आयोजना गरेर कम्बल वितरण गरिएको उनले बताए ।

एक हप्तादेखि बढेको चिसोसंगै उक्त टोलका वासिन्दाहरुको सास्ती पनि बढेको खबर पाउनासाथ कम्बल बाड्ने निर्णय गरेको चौरसियाले बताए ।

उक्त कम्बल साथि–भाईको आर्थिक सहयोगले कम्बल वितरण गरिएको थियो । कम्बल वितरण कार्यक्रममा अभियन्ता प्रकाश थारु, युवाहरु जया साह, शिक्षिका अनुराधा चौरसिया लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...