Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

युवाहरुको सक्रियतामा गरिबलाई कम्बल

spot_img
spot_img

वीरगंज ।  वीरगंज महानगरपालिका वडा नं. ३१ बेलवा र लक्ष्मीपुर टोलका ८० जना गरिब तथा विपन्नलाई कम्बल वितरण गरिएको छ । युवाहरुको सक्रियतामा शनिबार ८० जना विपन्नलाई कम्बल वितरण गरिएको हो ।

युवाहरुको व्यक्तिगत सहयोग र प्रयासमा कम्बल वितरण गरिएको युवा समाजसेवी अजय चौरसियाले बताए । सामाजिक अभियन्ता प्रकाश थारुको विशेष पहलमा लक्ष्मीपुरको एक सामुदायिक विधालय र बेलवा टोलको विपन्न वस्तीमा अनौपचारिक कार्यक्रम आयोजना गरेर कम्बल वितरण गरिएको उनले बताए ।

एक हप्तादेखि बढेको चिसोसंगै उक्त टोलका वासिन्दाहरुको सास्ती पनि बढेको खबर पाउनासाथ कम्बल बाड्ने निर्णय गरेको चौरसियाले बताए ।

उक्त कम्बल साथि–भाईको आर्थिक सहयोगले कम्बल वितरण गरिएको थियो । कम्बल वितरण कार्यक्रममा अभियन्ता प्रकाश थारु, युवाहरु जया साह, शिक्षिका अनुराधा चौरसिया लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...