Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

शहिदहरुको अवमूल्यन

spot_img
spot_img

वीरगंज । स्वतन्त्रता र संवैधानिक व्यवस्थाका निम्ति सहादत रोजेका शहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहिद दिवस मनाउने गरिएको छ । शहिदहरुले देखेको सपना पुरा गर्न सहि बाटो अ·ालिनु नै शहिदहरुप्रति सच्चा श्रद्धाञ्जली हुने भए पनि वर्षमा एक चोटी सम्झिनु पनि उतिकै मुनासिब छ । मुलुकको समृद्धि र विधिको शासन स्थापनार्थ ज्यान नै आहुति दिएका बीर शहिदहरुको स्मृतिमा मनाईने शहिद दिवस फितलो हु“दै गएको छ ।

मुलुक संघीय समरचनामा गएदेखी विभिन्न परिवर्तनका आन्दोलनमा शहिद भएकाहरुको सम्झना आ–आफ्नै ढ·ले गरिए पनि मूलतः आठ दशक अघि नै स्वतन्त्रता र संवैधानिक व्यवस्थाका निम्ति शहिद भएकाहरुलाई सम्झिदा“ सि·ो देशै भरी विदा दिने र शहिदहरुको सम्झनामा विभिन्न कार्याक्रमहरु आयोजना गर्ने प्रचलन रोकिदै गएको छ ।

संघीय सरकारसमेतले पनि माघ १६ गतेको शहिद दिवसको विदा काटी यस दिनलाई सम्झिने दायरालाई संकुचित गरिदिएको हुनाले पनि विभिन्न जिल्लाहरुमा शहिद दिवस मनाउने प्रथा कम हु“दै जानुले शहिदहरुको अवमूल्यन भएको भन्न थालिएको छ । खास गरि यस वर्ष पर्सा जिल्लामा यस दिवसलाई सरकारी स्तरबाटै अवमूल्यन भएको देखिन्छ ।

संघीय सरकारको परिपत्र बमोजिम देशै भरी शहिद दिवस मनाउने व्यवस्था रहे पनि संघीय सरकारले नै वास्ता नगरेको हुन सक्ने भएकोले सरकारी स्तरबाट शहिद दिवस मनाउने र यस अवसरमा विभिन्न कार्यक्रमहरु मार्फत शहिदहरुले रोजेको सहादतको व्याख्या गरी सोही अनुसारको विधि स्थापित गर्ने र शहिदहरुले बोकेको आकांक्षा पुरा गर्ने काम कमी आएको सहजै अनुमान गर्न सकिन्छ ।

तथर्सः आम नेपाली जनताको समृद्धिसंग जोडिएको बैधानिक व्यवस्थाका निम्ति हुने विभिन्न परिवर्तनकारी आन्दोलनमा ज्यान आहुती गर्ने शहिदहरुलाई यसरी अवमूल्यन गर्दै जाने हो भने ती महान बीर शहिदहरुको आत्माले हामी तमाम नेपालीहरुलाई धिरकार्ने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...