Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

कालिका टाईम्स डटकमकाे दाेस्राे बार्षिकाेत्समा दैनिक पत्रिकाकाे बिमाेचन

spot_img
spot_img

वीरगंज । कालिका टाईम्स दैनिक पत्रिका शुक्रबार एक कार्यक्रमकाे बिच बिमाेचन गरिएकाे छ । कालिका टाईम्स प्रा‍.लि. वीरगंजद्वारा संचालित कालिका टाईम्स डटकम न्युज पोर्टलकाे दाेस्राे बार्षिकाेत्सवकाे अवसरमा कालिका टाईम्स दैनिक पत्रिकाकाे बिमाेचन गरिएकाे हाे ।

कालिका टाईम्सका प्रबन्ध निर्देशक छठु साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अथिति बीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले पत्रिकाको बिमोचन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति सरावगीले पत्रकारिता चुनौती पूर्ण क्षेत्र रहेको बताउँदै अगामी दिनमा कालिका टाईम्स दैनिक पत्रिकाले सत्य तथ्य समाचारहरुलाई उजागर गर्ने विश्वास व्यक्त गरे । उनले पत्रिकालाई निरन्तरता दिन शुभकामना समेत दिए ।

बीरगन्ज महानगरपालिका यस क्षेत्रमा प्रकाशित रहेका पत्रपत्रिकाहरुको विकासको लागि सधै तत्वर रहेको कुरामा मेयर सरावगीले जोड दिए । पुरानो परम्पराहरु महानगरपालिकाले बन्द गरेको वताउँदै अब छिटै लोककल्याणकारी विज्ञापन मार्फत समान रुपमा यस क्षेत्रका पत्र–पत्रिकाहरुले प्राप्त गर्ने वताए ।

यसको लागि वीरगन्ज महानगरपालिका कानुन बनाएरै अगाडी बढेको वताए । 

मेयर सरावगीले पत्रकारिताकामा मास्टर गर्ने महिला पत्रकारलाई मेयर कल्याणकारी कोषबाट एक लाख  सहयोग गर्ने घोषणा गरेपनि  तिन बर्ष भित्र कोई पनि महिला पत्रकार सो रकम लिन नसकेको बताए । उनले पत्रकारितामा मास्टर अध्ययन गर्ने पुरुष पत्रकारलाई एक लाख सहयोग गर्ने समेत वताए ।

बीरगन्ज दरबार होटलमा आयाेजित कालिका टाईम्स टडकम अनलाईनको दोस्रो बार्षिकाेत्सव एवम् पत्रिका बिमोचन कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख नेकमहमद अन्सारी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चाैहान, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, नेकपाका वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, जनता समाजवादी पर्साका सचिव तबरेज अहमद, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनाल, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केशी लामिक्षाने, पर्सा शाखा अध्यक्ष श्याम बन्जारा, प्रेस संगठन पर्साका अध्यक्ष निरज पिठाकोठे मगर, प्रेस युनियनकाे तर्फबाट क्रान्ति साह, संघिय प्रेस फाेरम पर्साका अध्यक्ष आरके पटेल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कालिका टाइम्सका सम्पादक शम्भु कुमार सुमनले सहजिकरण गरेको कार्यक्रममा कालिका टाईम्स डटकमका सम्पादक वृजलाल पासवानले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...