Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

कालिका टाईम्स डटकमकाे दाेस्राे बार्षिकाेत्समा दैनिक पत्रिकाकाे बिमाेचन

spot_img
spot_img

वीरगंज । कालिका टाईम्स दैनिक पत्रिका शुक्रबार एक कार्यक्रमकाे बिच बिमाेचन गरिएकाे छ । कालिका टाईम्स प्रा‍.लि. वीरगंजद्वारा संचालित कालिका टाईम्स डटकम न्युज पोर्टलकाे दाेस्राे बार्षिकाेत्सवकाे अवसरमा कालिका टाईम्स दैनिक पत्रिकाकाे बिमाेचन गरिएकाे हाे ।

कालिका टाईम्सका प्रबन्ध निर्देशक छठु साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अथिति बीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले पत्रिकाको बिमोचन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति सरावगीले पत्रकारिता चुनौती पूर्ण क्षेत्र रहेको बताउँदै अगामी दिनमा कालिका टाईम्स दैनिक पत्रिकाले सत्य तथ्य समाचारहरुलाई उजागर गर्ने विश्वास व्यक्त गरे । उनले पत्रिकालाई निरन्तरता दिन शुभकामना समेत दिए ।

बीरगन्ज महानगरपालिका यस क्षेत्रमा प्रकाशित रहेका पत्रपत्रिकाहरुको विकासको लागि सधै तत्वर रहेको कुरामा मेयर सरावगीले जोड दिए । पुरानो परम्पराहरु महानगरपालिकाले बन्द गरेको वताउँदै अब छिटै लोककल्याणकारी विज्ञापन मार्फत समान रुपमा यस क्षेत्रका पत्र–पत्रिकाहरुले प्राप्त गर्ने वताए ।

यसको लागि वीरगन्ज महानगरपालिका कानुन बनाएरै अगाडी बढेको वताए । 

मेयर सरावगीले पत्रकारिताकामा मास्टर गर्ने महिला पत्रकारलाई मेयर कल्याणकारी कोषबाट एक लाख  सहयोग गर्ने घोषणा गरेपनि  तिन बर्ष भित्र कोई पनि महिला पत्रकार सो रकम लिन नसकेको बताए । उनले पत्रकारितामा मास्टर अध्ययन गर्ने पुरुष पत्रकारलाई एक लाख सहयोग गर्ने समेत वताए ।

बीरगन्ज दरबार होटलमा आयाेजित कालिका टाईम्स टडकम अनलाईनको दोस्रो बार्षिकाेत्सव एवम् पत्रिका बिमोचन कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख नेकमहमद अन्सारी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चाैहान, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, नेकपाका वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, जनता समाजवादी पर्साका सचिव तबरेज अहमद, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनाल, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केशी लामिक्षाने, पर्सा शाखा अध्यक्ष श्याम बन्जारा, प्रेस संगठन पर्साका अध्यक्ष निरज पिठाकोठे मगर, प्रेस युनियनकाे तर्फबाट क्रान्ति साह, संघिय प्रेस फाेरम पर्साका अध्यक्ष आरके पटेल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कालिका टाइम्सका सम्पादक शम्भु कुमार सुमनले सहजिकरण गरेको कार्यक्रममा कालिका टाईम्स डटकमका सम्पादक वृजलाल पासवानले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...