Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

विवाहपछि वरुण धवनले अन्य अभिनेत्रीसँग फिल्म खेल्न नपाउने

spot_img
spot_img

केही दिनअघि वरुण धवन र नताशा दलाल विवाह बन्धनमा बाँधिए। बलिउडसँगै शुभचिन्तकहरु पनि उनीहरूको विवाहलाई लिएर निकै खुसी छन्। सबैले आफ्नो शैलीमा बधाई दिएका छन्। बलिउडका कलाकारहरु पनि वरुण र नताशालाई भविष्यको लागि शुभकामना दिइरहेका छन्।

यसैबीच दक्षिण भारतीय अभिनेत्री श्रद्धा श्रीनाथले पनि उनीहरुलाई बधाई दिएकी छिन्। तर उनको बधाई अरूका भन्दा निकै फरक तरिकाको छ। अभिनेत्री श्रद्धाले वरुण र नताशालाई बधाई दिँदै लेखेकी छिन्, ‘यो दु:खको कुरा हो कि हामी उनलाई (वरुण) फेरि पर्दामा देख्न सक्दैनौं। यो स्पष्ट छ कि वरुणका ससुरालीहरूले उनलाई कुनै पनि अन्य नायिकासँग काम गरेको देख्न सक्दैनन्। हुनसक्छ अब उनी पुरुषवादी फिल्ममा काम गर्नेछन्। तर उनले कसरी आफ्नो नीजि जीवन र व्यवसायिक जीवनबीच तालमेल मिलाउन सक्लान्। मुश्किल छ। उनलाई मिस गर्नेछौं। तर पनि बधाई वरुण।’

श्रद्धाको यस शैलीले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको ध्यान आकर्षण गरिरहेको छ। व्यक्तिहरूले  विभिन्न प्रकारका टिप्पणीहरू दिइरहेका छन्। धेरै मानिसहरूले हाँसोमै उडाएका छन्।

यसभन्दा पहिले शाहिद कपूरले पनि वरुण र नताशालाई फरक तरिकाले बधाई दिएका थिए। शाहिदले बैवाहिक जीवनको बधाई दिँदै भनेका थिए दुबै परिवारलाई डार्क साईडमा स्वागत छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...