Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

स्व. कर्पुरी ठाकुरको ९८ औं जन्मजयन्ती पोखरियामा मनाइयो

spot_img
spot_img

पोखरिया । स्व. कर्पुरी ठाकुरको ९८ औं जन्मजयन्ती आइतबार पर्साको पोखरियामा मनाइएको छ । नेपाल नाई समाज पर्साले पोखरिया बजारमा एक कार्यक्रमको आयोजना गरी स्व. ठाकुरको जन्म जयन्ती भव्यताको साथ मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल नाई समाजका केन्द्रिय अध्यक्ष डा. राजेन्द्र ठाकुरले छिमेकी मुलुक भारतको बिहारका पिछडिएको समुदायलाई राज्यको मुल धारमा ल्याउन स्व. ठाकुरले महत्वपूर्ण भुमिका खेलेको वताउदै उहाँ जननायक भएको वताए ।

कार्यक्रमका बिशिष्ठ अतिथी प्राध्यापक डा. हरेराम ठाकुरले नाई समाजको विकासको लागि शिक्षामा जोड दिदै समाजबाट दाइजोप्रथा र बालविवाह हटाउन जरुरी रहेको वताए ।

समाजका अगुवा फुलेना ठाकुरको अध्यक्षतामा भएको कार्यक्रम नेपाल नाई संघका केन्द्रिय महासचिव पारस ठाकुर, जिल्ला अध्यक्ष भोला ठाकुर, सचिव उमेश ठाकुर, कोषाध्यक्ष सर्मिला ठाकुर, सोहन ठाकुर लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन सोहनलाल ठाकुरले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...