Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

स्व. कर्पुरी ठाकुरको ९८ औं जन्मजयन्ती पोखरियामा मनाइयो

spot_img
spot_img

पोखरिया । स्व. कर्पुरी ठाकुरको ९८ औं जन्मजयन्ती आइतबार पर्साको पोखरियामा मनाइएको छ । नेपाल नाई समाज पर्साले पोखरिया बजारमा एक कार्यक्रमको आयोजना गरी स्व. ठाकुरको जन्म जयन्ती भव्यताको साथ मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल नाई समाजका केन्द्रिय अध्यक्ष डा. राजेन्द्र ठाकुरले छिमेकी मुलुक भारतको बिहारका पिछडिएको समुदायलाई राज्यको मुल धारमा ल्याउन स्व. ठाकुरले महत्वपूर्ण भुमिका खेलेको वताउदै उहाँ जननायक भएको वताए ।

कार्यक्रमका बिशिष्ठ अतिथी प्राध्यापक डा. हरेराम ठाकुरले नाई समाजको विकासको लागि शिक्षामा जोड दिदै समाजबाट दाइजोप्रथा र बालविवाह हटाउन जरुरी रहेको वताए ।

समाजका अगुवा फुलेना ठाकुरको अध्यक्षतामा भएको कार्यक्रम नेपाल नाई संघका केन्द्रिय महासचिव पारस ठाकुर, जिल्ला अध्यक्ष भोला ठाकुर, सचिव उमेश ठाकुर, कोषाध्यक्ष सर्मिला ठाकुर, सोहन ठाकुर लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन सोहनलाल ठाकुरले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...