Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

प्रहरीद्वारा सखुवा प्रसाैनीमा लगाइएकाे गाँजा खेती फडानी

spot_img
spot_img

जिराभवानी । पर्साको सखुवा प्रसाैनी गाउँपालिकामा अबैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले फाडेर नस्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक रामकाजी थापाको नेतृत्वमा गएको प्रहरी टोलिले सखुवा प्रसाैनी गाउँपालिका वडा नम्बर १ अकुवनियामा अबैध रुपमा लगाइएको गाँजा खेती फाड्नुको साथै आगो लगाएर नस्ट गरेकाे हाे ।

गाँजा खेती कस्लेे गरेकाे थियाे बारेमा अनुसन्धान भैरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

 ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले एक महिनादेखि ग्रामीण क्षेत्रमा अबैध रुपमा लुकाइ छिपाइ रोपिएको गाँजा फाड्ने अभियानलाई तिव्रता दिईएकाे छ । अहिले सम्म १२ बिगहा १८ कठामा लगाइएको गाँजा खेती फाडेर नस्ट गरिएको प्रहरी निरीक्षक थापाले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...