Date
मङ्ल, भदौ ९, २०८३
Tue, August 25, 2026

अत्यधिक चिसोको कारण पर्साका विद्यालय बन्द

spot_img
spot_img

वीरगंज । हुस्सो र शितहलरले बढ्दै गरेको चिसोका कारण पर्साका विद्यालयहरु बन्द भएका छन् । मध्य तराईसहित पर्सामा केही दिनदेखी एक्कासी बढेको चिसोको कारण पर्साका विद्यालयहरु बन्द भएको हो ।

चिसो हावासंगै बढ्दै गरेको हुस्सो र शितलहरले जनजिवन प्रभावित भएपछि पर्साका अधिकांश पालिकाले बिद्यालय बन्द गरेका छन् । निरन्तर रुपमा चिसो घट्ने क्रम नरोकिएर बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै पर्साको सखुवा प्रसौनी गाउँपालिमा माघ ७ गतेदेखी १० गते सम्मको लागी सबै विद्यालयलाई बन्द गरिएको गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले जानकारी दिए । उनले माघ ११ गते आईबारदेखी सबै विद्यालय पूनः संचालन हुने जानकारी गराए ।

अत्यधिक चिसोको कारण विधार्थीहरुको स्वास्थयमा पर्न सक्ने असरको सम्भावनालाई मध्यनजर गर्दै विन्दवासिनी गाउँपालिकाले पनि माघ ७ देखी ९ गतेसम्मको लागि विद्यालय बन्द गरेको गाउँपालिका शिक्षा समितिले सूचना निकालेको छ । नेपाल शिक्षक महासंघ विन्दवासिनी र विन्दवासिनी गाउँपालिकाबिच छलफल भई समुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुको पठनपाठन पुनः दुई दिन बन्द गर्ने जानकारी गराईएको छ ।

यस्तै बहुदरमाई नगरपालिकाले पनि चिसोको कारण छात्रछात्रामा पर्ने प्रतिकुल असरलाई ध्यानमा राखी माघ ७ देखी ९ गतेसम्म तीन वटा विद्यालय मात्रै बन्द रहने सूचना सार्वजनिक गरेको छ ।

                                                      मजदुर मारमा, दैनिक छाक टार्ने चिन्ता
चिसो बढेसंगै देनिक ज्यालादारी गरी खाने बारा, पर्साका मजदुर पनि मारमा परेका छन् । पसकिो सदरमुकाम वीरगंज शहरमा दैनिक हजारौंको संख्यामा काम गर्न आउने कामदारसमेत चिसोका कारण मारमा परेका हुन् ।

 चिसो बढ्ेसंगै औधोगिक नगरी वीरगंज क्षेत्रमा मानिसको चहलपहल घटेको छ । पर्साको ग्रामिण भेगबाट हजारौको संख्यामा दैनिक मजदुरी गर्न वीरगंज आउने मजदुर प्रभावित भई उनीहरुको संख्यामा कमी आएको छ । निरन्तर यसरी नै कुहिरो बढ्दै गयो भने दैनिक मजद’री गरि जिविकोपार्जन गर्ने परिवारलाई दैनिक छाक टार्न आउने समस्याले मजदुरहरु झन चिन्तित देखिएका छन् ।

                                                                     दुर्घटनाको जोखिम बढ्यो
अत्यधिक कुहिरोले गर्दा २५र३० मिटर पर देखिएको छैन् । जसले सवारी साधन आवत जावतमा पनि कमी आएको छ र केही सवारी साधनहरु लाईट बालेर चलिरहेका छन् । सवारी साधन लाईट बालेर चलाए पनि पूर्वपश्चिम राजमार्गमा कुहिरोले दुर्घटनाको जोखिम बढेको देखिन्छ ।

प्रत्येक वर्षझै यसवर्ष पनि हुस्सो र शितलहरले हुने जोखिमबाट बचाउँन विपत व्यवस्थापन समिति नै सक्रिय हुन आवश्यक देखिएपनि त्यसतर्फ ठोस् कदम चालेको नदेखिएको बुद्धिजिवीहरुले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...