Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

अपाङ्गता परिचय पत्र बितरणका लागि जिराभवानीमा घुम्ती शिबिर

spot_img
spot_img

जिराभवानी । अपङ्गता परिचय पत्र वितरणका लागि मंगलबार पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ मा घुम्ती शिविर सम्पन्न भएकाे छ । 

वडा कार्यालयमा संचालित शिविरमा वडा भित्र रहेका अपाङता भएका व्यक्तिहरुलाई रातो र निलो परिचय पत्र बितरण गरिएको छ । शिविरकी संयाेजक समेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष उषा देबी थरुनी र प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले संयुक्त रुपमा वडा नम्बर १ पकडी टोलका अति अपाङ साहिला काजी थारुलाई अपाङता परिचय पत्र बितरण गरि सिविरको उद्घाटन गरेका थिए ।

जिराभवानी गाउँपालिकाको आयोजनामा भएकाे शिविर उद्घाटन कार्यक्रममा वडाध्यक्ष शेख नुमान, वडा सचिव प्रभु यादव, गाउँपालिकाका स्वास्थ संयोजक सफिकुल अन्सारी लगायतकाे सहभागिता रहेकाे थियाे ।

शिविरमा डा. दिपेन्द्र कुमार मण्डल, डा. मृगेन्द्र सिंह यादव, डा. दिपिका सिंह र रोशनी अचार्यले अपाङ्ता भएका व्यक्तिहरुलाई पहिचान गरि परिचय पत्र वितरण गरेका थिए ।

यसरी गाउँपालिकाको वडा वडामा गएर अपांगहरुलाइ पहिचान गरि अपाङता कार्ड बितरण गर्न थालिएपछी स्थानीय अपाङ्ता भएका व्यक्तिहरु हर्सित भएका छन् ।

पहिला अपाङ्गता परिचय पत्रको लागि वीरगंज जानू पर्ने बाध्यताको कारणले कतिपय अपाङ्ता भएका व्यक्तिहरु अपाङ्ग भत्ता बाट बन्चित भएको कारणले गाउँपालिकाको वडा वडामा गएर अपाङ्ता परिचय पत्र बितरण घुम्ती शिबिर सन्चालन गरिएको गाउँ पालिकाका प्रशासकीय अधिकृत मेहताले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...