Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

अपाङ्गता परिचय पत्र बितरणका लागि जिराभवानीमा घुम्ती शिबिर

spot_img
spot_img

जिराभवानी । अपङ्गता परिचय पत्र वितरणका लागि मंगलबार पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ मा घुम्ती शिविर सम्पन्न भएकाे छ । 

वडा कार्यालयमा संचालित शिविरमा वडा भित्र रहेका अपाङता भएका व्यक्तिहरुलाई रातो र निलो परिचय पत्र बितरण गरिएको छ । शिविरकी संयाेजक समेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष उषा देबी थरुनी र प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले संयुक्त रुपमा वडा नम्बर १ पकडी टोलका अति अपाङ साहिला काजी थारुलाई अपाङता परिचय पत्र बितरण गरि सिविरको उद्घाटन गरेका थिए ।

जिराभवानी गाउँपालिकाको आयोजनामा भएकाे शिविर उद्घाटन कार्यक्रममा वडाध्यक्ष शेख नुमान, वडा सचिव प्रभु यादव, गाउँपालिकाका स्वास्थ संयोजक सफिकुल अन्सारी लगायतकाे सहभागिता रहेकाे थियाे ।

शिविरमा डा. दिपेन्द्र कुमार मण्डल, डा. मृगेन्द्र सिंह यादव, डा. दिपिका सिंह र रोशनी अचार्यले अपाङ्ता भएका व्यक्तिहरुलाई पहिचान गरि परिचय पत्र वितरण गरेका थिए ।

यसरी गाउँपालिकाको वडा वडामा गएर अपांगहरुलाइ पहिचान गरि अपाङता कार्ड बितरण गर्न थालिएपछी स्थानीय अपाङ्ता भएका व्यक्तिहरु हर्सित भएका छन् ।

पहिला अपाङ्गता परिचय पत्रको लागि वीरगंज जानू पर्ने बाध्यताको कारणले कतिपय अपाङ्ता भएका व्यक्तिहरु अपाङ्ग भत्ता बाट बन्चित भएको कारणले गाउँपालिकाको वडा वडामा गएर अपाङ्ता परिचय पत्र बितरण घुम्ती शिबिर सन्चालन गरिएको गाउँ पालिकाका प्रशासकीय अधिकृत मेहताले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...