Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

स्व. बिजय प्रकाश बिन स्मृति पहिलो पत्रकारिता पुरस्कारबाट पत्रकार खतिवडा पुरस्कृत

spot_img
spot_img
वीरगंज । स्व. बिजय प्रकाश बिन स्मृति पहिलो पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासघ पर्साका संस्थापक सदस्य एवम् वरिष्ठ पत्रकार शंकर खतिवडालाई प्रदान गरिएको छ । स्व. बिन्दु देबी पान्डे स्मृति प्रतिष्ठानद्वारा स्थापित पुरस्कार नगद रु ११ हजार १ सय ११ रुपैयाकाे साथै सम्मान पत्रले पत्रकार खतिवडालाई सम्मानित गरिएको हो ।
 
बि. स. २०१३ साल जेष्ठ १२ गते जन्मेकाे खतिवडा बि. स. २०३७ सालदेखि राष्ट्रिय ध्वनीबाट पत्रकारिता सुरु गर्दै २०३९ सालदेखि मोर्चा साप्ताहिक पत्रीकाको प्रकाशक/सम्पादकको रुपमा निरन्तर कलम चलाउदै आएका छन् ।
 
पुरस्कार ग्रहण गर्दै खतिवडाले पत्रकारितालाई माया गर्दै आउने पुस्ताहरुलाई पत्रकारिता स्वच्छ र अनुशासित रुपमा लैजान र यसको छवि नबिगार्न समेत सल्लाह दिए ।
 
प्रतिष्ठानका अध्यक्ष तुलसि भन्डारीको अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार  सरावगीले पत्रकार खतिवडालाई दाेसल्ला ओढाएर सम्मान पत्रले पुरस्कार राशीकाे चेकले पुरस्कृत गरेका थिए ।
 
प्रतिष्ठानकाे आयाेजनामा हाेटल कुमु प्यालेसमा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान, सदस्य जगत राई, खोज पत्रकारिता केन्द्रका अध्यक्ष एवंम प्रेस काउन्सिलका पुर्व सदस्य वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जरा, सचिव युवराज खडका लगायतकाे सहभागिता रहेको थियो भने कार्यक्रमकाे संचालन प्रतिष्ठानका सचिव माधुरि महतोले गरेकी थिइन ।
 
स्व. बिजय प्रकाशक बिनले बिरगंजमा पहिलो भोजपुरी पत्रीका प्रकाशन गर्दै आएकाे सम्झनामा स्व. बिजय प्रकाश बिन स्मृति पहिलो पत्रकारिता पुरस्कार स्थापना गरिएकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...