Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

स्व. बिजय प्रकाश बिन स्मृति पहिलो पत्रकारिता पुरस्कारबाट पत्रकार खतिवडा पुरस्कृत

spot_img
spot_img
वीरगंज । स्व. बिजय प्रकाश बिन स्मृति पहिलो पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासघ पर्साका संस्थापक सदस्य एवम् वरिष्ठ पत्रकार शंकर खतिवडालाई प्रदान गरिएको छ । स्व. बिन्दु देबी पान्डे स्मृति प्रतिष्ठानद्वारा स्थापित पुरस्कार नगद रु ११ हजार १ सय ११ रुपैयाकाे साथै सम्मान पत्रले पत्रकार खतिवडालाई सम्मानित गरिएको हो ।
 
बि. स. २०१३ साल जेष्ठ १२ गते जन्मेकाे खतिवडा बि. स. २०३७ सालदेखि राष्ट्रिय ध्वनीबाट पत्रकारिता सुरु गर्दै २०३९ सालदेखि मोर्चा साप्ताहिक पत्रीकाको प्रकाशक/सम्पादकको रुपमा निरन्तर कलम चलाउदै आएका छन् ।
 
पुरस्कार ग्रहण गर्दै खतिवडाले पत्रकारितालाई माया गर्दै आउने पुस्ताहरुलाई पत्रकारिता स्वच्छ र अनुशासित रुपमा लैजान र यसको छवि नबिगार्न समेत सल्लाह दिए ।
 
प्रतिष्ठानका अध्यक्ष तुलसि भन्डारीको अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार  सरावगीले पत्रकार खतिवडालाई दाेसल्ला ओढाएर सम्मान पत्रले पुरस्कार राशीकाे चेकले पुरस्कृत गरेका थिए ।
 
प्रतिष्ठानकाे आयाेजनामा हाेटल कुमु प्यालेसमा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान, सदस्य जगत राई, खोज पत्रकारिता केन्द्रका अध्यक्ष एवंम प्रेस काउन्सिलका पुर्व सदस्य वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जरा, सचिव युवराज खडका लगायतकाे सहभागिता रहेको थियो भने कार्यक्रमकाे संचालन प्रतिष्ठानका सचिव माधुरि महतोले गरेकी थिइन ।
 
स्व. बिजय प्रकाशक बिनले बिरगंजमा पहिलो भोजपुरी पत्रीका प्रकाशन गर्दै आएकाे सम्झनामा स्व. बिजय प्रकाश बिन स्मृति पहिलो पत्रकारिता पुरस्कार स्थापना गरिएकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...

जेनजी आन्दोलनको एक वर्ष : सरकारले युवाको भावना सम्बोधन गर्न सकेन– अभियन्ता सहनी

वीरगंज । जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा जेनजी अभियन्ता कृष्ण मोहन सहनीले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सहनीले एक...

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...