Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईकाे प्रमुख प्रशासकिय अधिकृत साहले विभागकाे निर्देशन पनि टेरेन

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहले गृह मन्त्रालय अन्तर्गतकाे राष्ट्रिय परिचय पत्र तथा पञ्‍जिकरण विभागकाे निर्देशन अवहेलना गरेकाे पाइएकाे छ । विभागले एम.आई.एस. अपरेटर र फिल्ड सहायककाे सेवा करार म्याद थप गर्न गाउँपालिकालाई दिएकाे निर्देशन प्रमुख प्रशासकिय अधिकृत साहले अटेरी गरेका छन् ।

उनले विभागले दिएकाे निर्देशनकाे १५ दिन वितिसक्दा पनि त्यसकाे पालना गरेका छैनन् ।

गाउँपालिकाले च.नं. ५११ भएकाे मिति २०७७/९/१४ गतेकाे पत्र मार्फत विभागलाई सेवा इकाईमा कार्यरत रहेका एम.आई.एस. अपरेटर लक्ष्मण साह र फिल्ड सहायक भेष साहकाे सेवा करार म्याद थप गर्न नसकिने जानकारी गराएकाे थियाे । त्यसपछि विभागले च. नं. १३६४ भएकाे मिति २०७७/०९/२० काे पत्र मार्फत  गाउँपालिकालाई समाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयाेजनाकाे लागि गाउँपालिकाकाे सेवा इकाईमा सेवा करारमा नियुक्त भएका एम.आई.एस. अपरेटर र फिल्ड सहायककाे सेवा करारकाे म्याद थप गर्न निर्देशन दिएकाे थियाे ।

विभागले आयाेजना अवधि बाँकी रहेकाे र अनुभव भएका कर्मचारीकाे आवश्यकता आयाेजनालाई अझै विद्यमान रहेकाे हुदाँ ति दुबै कर्मचारीहरुकाे म्याद थप गरी कार्य गराउन उपयुक्त भएकाेले साेही मापदण्डकाे बुँदा नं. १६ बमाेजिम आयाेजना अवधिभरकाे लागि एकपटकमा बढीमा एक बर्ष अवधि कायम गर्ने गरी सेवा करार सम्झाैताकाे म्याद थप गर्न अनुराेध गरे पनि अझै सम्म ति कर्मचारीहरुकाे म्याद थप हुन सकेकाे छैन । 

गाउँपालिकालाई पत्र प्राप्त भएकाे १५ दिन वितिसक्दा पनि प्रमुख प्रशासकिय अधिकृत साहले निर्देशन अटेरी गरेकाे देखिएकाे छ । त्यसकारण गाउँपालिकाकाे सेवा ईकाईकाे व्यक्तिगत घटना दर्ता लगायतकाे काम प्रभावित भएकाे छ ।

साे पत्र विभागले जिल्ला प्रशासन कार्यालय पर्सालाई पनि वाेद्धार्थ गरेकाे थियाे । त्यपछि प्रशासन कार्यालयले चं. २८०७ भएकाे मिति २०७७/०९/२० गतेकाे पत्र मार्फत गाउँपालिकालाई विभागकाे पत्र अनुसार आवश्यक कार्य गर्न समेत भनेकाे थियाे । तर पनि प्रमुख प्रशासकिय अधिकृत साहले विभागकाे निर्देशनकाे अटेरी गर्दै पालना गरेका छैनन् ।

प्रमुख प्रशासकिय अधिकृतलाई पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले फाेनमार्फत विभागकाे निर्देशन पालना गर्न माैखिक आदेश दिए पनि उनले त्यसकाे पनि अवहेलना गरेका छन् । अधिकृत साहले आफु पूर्व जिल्ला प्रशासन कार्यालय कै कर्मचारी भएका कारण विभाग र प्रशासन कार्यालयलाई कसरी जवाफ दिने हाे आफुलाई थाह भएकाे वताउदै आएका छन् । 

विभागकाे निर्देशन अझै सम्म किन कार्यान्वयन भएन ? प्रमुख प्रशासकिय अधिकृत साह संग साेध्दा आफुलाई केही थाहा नभएकाे गैर जिम्मेवारपूर्ण जवाफ दिएका छन् । 

गत बर्ष राष्ट्र व्यापी खुल्ला प्रतियाेगिताबाट समाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयाेजनाका लागि  देशभरी कै ७५३ स्थानिय तहमा एम.आई.एस. अपरेटर र फिल्ड सहायक सेवा करारमा न्युक्त भएका थिए । साेही क्रममा कालिकामाई गाउँपालिकामा पनि नियुक्त भएका दुबै कर्मचारीकाे मंसिर ८ गते नै म्याद सके पनि हाल सम्म म्याद थप हुन सकेकाे छैन् ।

कालिकामाई जस्तै अरु पालिकाले पनि  मनपरी गर्न थाले भने राष्ट्रव्यापी याेजना नै प्रभावित हुने भएकाेले यस तर्फ सम्बन्धित निकायकाे ध्यान जान जरुरी रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...