Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

प्रधानमन्त्री ओलीद्वारा संघिय गणतन्त्रमाथी पनि प्रहार : डिला संग्राैला 

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डिला संग्राैलाले प्रधानमन्त्री ओलीद्वारा संघिय गणतन्त्रमाथी पनि प्रहार भएकाे वताएकी छन् ।

वीरगंजमा आयाेजित पत्रकार सम्मेलनमा वाेल्दै नेतृ संगाैलाले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटनकाे सिफारिस गर्दा हामीले संविधान विपरित काम नगर्न राष्ट्रपतिलाई आग्रह गर्दा पनि उनी प्रधानमन्त्रीकाे रबर स्टाम हुदै गर्दा मुलुककाे गणतन्त्रमाथी पनि प्रहार भएकाे वताइन । 

संसद विघटनकाे मुद्दा सर्वाेच्चमा विचारधिन रहेकाे अवस्थामा कार्यपालिका प्रमुख प्रधानमन्त्री ओलीले न्यायलयलाई धमकाउदै हिंडेकाे वताइन । उनले प्रधानमन्त्री ओलीले संसद पुन:स्थापन नगर्न सर्बाेच्च अदालतसहित पूर्व प्रधानन्याधिशहरुलाई पनि धम्कयाईरहेको आरोप लगाइन । 

अलोकतान्त्रिक, असंबैधानिक संसद विघटन संघीय गणतन्त्रमाथिको प्रहार रहेको बताउँदै नेतृ संग्रौलाले कार्यपालिका प्रमुखले नै न्यायपालिकालाई धम्कयाउदै गर्दा देशलाई बन्धक बनाउन खोजिएकाे संकेत भएकाे बताईन ।

नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीकाे असंवैधानिक, अलाेकतान्त्रिक र गणतन्त्र विराेधी प्रतिगामी कदम रहेकाे स्विकार गरिसकेकाे र त्यसकाे विराेधमा देशभर आन्दाेलनमा रहेकाे वताइन । विघटित संसदकाे सांसद समेत रहेकी नेतृ संग्राैलाले नेपाली कांग्रेस संसद पुन:स्थापनकाे पक्षमा रहेकाे प्रष्ट पारिन ।

उनले नेपाली जनताले नेपाली कांग्रेसलाई ५ बर्ष प्रतिपक्षमा बस्न र नेकपालाई ५ बर्ष सम्म सरकार चलाउन म्यान्डेड दिए पनि नेकपालाई त्याे नपचेकाे वताइन । 

जनताले नेकपालाई ५ वर्षसम्म सुशासन, समृद्धिसहितको स्थायी सरकार चलाउन जनादेश दिएपनि जनतालको म्यान्डेडलाई लत्याएर ओलीले मुलुकलाई अन्धकार, जटिलतातिर लगेका नेतृ संग्रौलाको भनाई थियो ।

‘‘नेकपाको सरकार बनेको ३ वर्षभित्र ३ वर्षे बालिकादेखी ७० बर्षकी आमा समेत बलात्कृत भएकाे वताइन । त्यसकाे जवलन्त निर्मला पन्त रहेकी वताइन । नेकपा नेतृत्वकाे सरकारकाे ३ बर्षे कार्यकालमा  भ्रष्टाचार पनि उग्र रुप लिएको वताइन ।

उनले भनिन “सिंघ दरबार घर घर पुगेकाे हाेइन, ओलीकाे भ्रष्टचार घर घरमा पुगेकाे छ ।”

प्रेस युनियन पर्साका उपाध्यक्ष विजय चाैहानकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा नेपाली कांग्रेस पर्साका सभापति अजय द्वविेदी, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चाैहान, नेपाली कांग्रेसका नेता अरविन्द गु्प्त, नेतृ रुपा श्रेष्ठ, पत्रकार महासंघ पर्साका पूर्व सभापति अशाेक तिवारी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...