Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

वीरगंज-२४ मा नेतृत्व विकास तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २४ मा दलित महिलाहरुकाे लागि एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ ।

श्री श्रद्धा माध्यमिक विद्यालयमा आयाेजित तालिमकाे उद्घाटन गर्दै वडाध्यक्ष दशरथ पटेलले दलित महिलाहरुकाे विकासकाे लागि शिक्षामा जाेड दिन जरुरी रहेकाे वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष पटेलले हाम्राे समाजमा अझै पनि छुवाछुतकाे समस्या रहेकाे बताउदै त्यसकाे अत्य गरेर शिक्षामा जाेड दिए सबै समस्या अन्त्य हुने धारणा राखे । उनले दलित समाजकाे विकासकाे लागि महिलाहरु अगाडी बढन जरुरी रहेकाे सुझाए ।  त्यस कै लागि तालिमकाे आयाेजना गरिएकाे उनकाे भनाई थियाे ।

वडा सदस्य असिया देवीकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा वडा सचिव घनश्याम पटेल, पत्रकार शम्भु कुमार समुन, वडा सदस्य रामकेश्वर पटेल, गायत्री देवी, मुमताज अन्सारी, संध्या मिश्र लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रममाे संचालन डेभलपमेन्ट समाज पर्साका अध्यक्ष राहुल साहले गरेका थिए ।

वीरगंज महानगरपालिकाकाे वडा नं. २४ वडा कार्यालयकाे सहयाेग र डेभलपमेन्ट समाज पर्साकाे आयाेजनामा भएकाे तालिममा रामप्रबेश साहले प्रशिक्षण दिएका थिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गौतम स्कूलमा सशस्त्र प्रहरी बलको भूमिकाबारे सचेतनामूलक कार्यक्रम

वीरगंज । गौतम स्कूल वीरगंजमा सशस्त्र प्रहरी बलको भूमिका सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका...

मानव बेचबिखन र लैंगिक हिंसा नियन्त्रणमा साझा सहकार्यको आवश्यकता

वीरगंज । मानव बेचबिखन तथा ओसारपसार एवम् लैंगिक हिंसाका घटना न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबीच एकीकृत समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ...

अलौं प्रिमियम लिगको उपाधि अलौं किंगसलाई, पूर्व मेयर सरावगीद्वारा ट्रफी वितरण

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १७ अलौंमा आयोजना गरिएको अलौं प्रिमियम लिग क्रिकेट प्रतियोगिताको उपाधि अलौं किंगसले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा...