Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

वीरगंज-२४ मा नेतृत्व विकास तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २४ मा दलित महिलाहरुकाे लागि एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ ।

श्री श्रद्धा माध्यमिक विद्यालयमा आयाेजित तालिमकाे उद्घाटन गर्दै वडाध्यक्ष दशरथ पटेलले दलित महिलाहरुकाे विकासकाे लागि शिक्षामा जाेड दिन जरुरी रहेकाे वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष पटेलले हाम्राे समाजमा अझै पनि छुवाछुतकाे समस्या रहेकाे बताउदै त्यसकाे अत्य गरेर शिक्षामा जाेड दिए सबै समस्या अन्त्य हुने धारणा राखे । उनले दलित समाजकाे विकासकाे लागि महिलाहरु अगाडी बढन जरुरी रहेकाे सुझाए ।  त्यस कै लागि तालिमकाे आयाेजना गरिएकाे उनकाे भनाई थियाे ।

वडा सदस्य असिया देवीकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा वडा सचिव घनश्याम पटेल, पत्रकार शम्भु कुमार समुन, वडा सदस्य रामकेश्वर पटेल, गायत्री देवी, मुमताज अन्सारी, संध्या मिश्र लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रममाे संचालन डेभलपमेन्ट समाज पर्साका अध्यक्ष राहुल साहले गरेका थिए ।

वीरगंज महानगरपालिकाकाे वडा नं. २४ वडा कार्यालयकाे सहयाेग र डेभलपमेन्ट समाज पर्साकाे आयाेजनामा भएकाे तालिममा रामप्रबेश साहले प्रशिक्षण दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...