Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाई नपाद्वारा न्युन तलबमा कार्यरत कर्मचारीलाई प्राेत्साहन भत्ता

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाले न्यून तलबमा कार्यकरत कर्मचारीहरुलाई प्रोत्साहन भत्ता वितरण गरेकाे छ ।

नगरपालिका अन्तर्गतका ६६ जना न्यून तलबमा कार्यरत कर्मचारीहरुको प्रोतोसाहन स्वरुप मासिक रु २ हजारकाे दरले ४ महिनाको रु ४ लाख २५ हजार रुपैया वितरण गरिएको लेखापाल हरि प्रसाद कुर्मीले वताए । 

नगरपालिका अन्तर्गतका १७ वटा विद्यालयहरुमा बालबालिका सहजकर्ता २९ जना, विद्यालय कर्मचारी २८ जना, महिला स्वयसेविका ९ जना गरी कुल ६६ जना न्यून तलबमा कार्यरत रहेका छन् । जसकाे मासिक तलब रु ६ हजार देखी ८ हजार सम्म रहेकाे छ ।

उनीहरुलाई नै नगरपालिकाले थप मासिक रु २ हजारकाे दरले प्राेत्साहन भत्ताकाे रुपमा दिदै आएकाे छ । 

साेही रकम बराबरकाे चेक आइतबार मेयर नितेन्द्र साहले सम्बन्धित विद्यालयका प्रअहरुलाई चेक हस्तान्तरण गर्नु भएकाे छ । चेक हस्तान्तरण गर्दै मेयर साहले न्यून तलबमा कार्यरत कर्मचारीहरुकाे मनाेबल बढाउन नगरपालिकाकाे आन्तरिक काेषबाट प्राेत्साहन भत्ताकाे रुपमा वितरण गरिएकाे वताए ।

साे अवसरमा शिक्षा संयाेजक विदुर उप्रेती, लेखापाल कुर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...