Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

बहुदरमाई नपाद्वारा न्युन तलबमा कार्यरत कर्मचारीलाई प्राेत्साहन भत्ता

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाले न्यून तलबमा कार्यकरत कर्मचारीहरुलाई प्रोत्साहन भत्ता वितरण गरेकाे छ ।

नगरपालिका अन्तर्गतका ६६ जना न्यून तलबमा कार्यरत कर्मचारीहरुको प्रोतोसाहन स्वरुप मासिक रु २ हजारकाे दरले ४ महिनाको रु ४ लाख २५ हजार रुपैया वितरण गरिएको लेखापाल हरि प्रसाद कुर्मीले वताए । 

नगरपालिका अन्तर्गतका १७ वटा विद्यालयहरुमा बालबालिका सहजकर्ता २९ जना, विद्यालय कर्मचारी २८ जना, महिला स्वयसेविका ९ जना गरी कुल ६६ जना न्यून तलबमा कार्यरत रहेका छन् । जसकाे मासिक तलब रु ६ हजार देखी ८ हजार सम्म रहेकाे छ ।

उनीहरुलाई नै नगरपालिकाले थप मासिक रु २ हजारकाे दरले प्राेत्साहन भत्ताकाे रुपमा दिदै आएकाे छ । 

साेही रकम बराबरकाे चेक आइतबार मेयर नितेन्द्र साहले सम्बन्धित विद्यालयका प्रअहरुलाई चेक हस्तान्तरण गर्नु भएकाे छ । चेक हस्तान्तरण गर्दै मेयर साहले न्यून तलबमा कार्यरत कर्मचारीहरुकाे मनाेबल बढाउन नगरपालिकाकाे आन्तरिक काेषबाट प्राेत्साहन भत्ताकाे रुपमा वितरण गरिएकाे वताए ।

साे अवसरमा शिक्षा संयाेजक विदुर उप्रेती, लेखापाल कुर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...