Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

बाटो मै निर्माण सामग्री तथा सवारी साधनहरु राख्दा समस्या

spot_img
spot_img

 वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १४ ठुलो पिपरामा स्थानियहरु बाटोमै निर्माण सामग्री राख्दा सवारीसाधनहरु आवत जावतमा समस्या भएको स्थानियहरुले गुनासो गरेका छन् ।

घर निर्माणको लागि चाहिने निर्माण सामग्रीहरु बाटौ मै लामो समय सम्म राख्ने गर्दा सर्वसाधारणहरुलाई समस्या हुने गरेको छ ।

बाटो मै निर्माण सामग्री राख्दा सवारी साधनहरुलाई आउने जाने बाटो छोडेर वडा कार्यालय, महानगरपालिका वा सम्बन्धित निकायसंग स्विकृति लिएर मात्र राख्नु पर्ने हो । तर ठुलो पिपरामा बिगत एक हप्तादेखि बाटो मै बिना स्विकृति निर्माण सामग्री राखेकोमा न त वडा कार्यालय, न त नगरपालिकाले नै वास्ता गर्ने गरेको दुःखेसो वडावासीहरुको रहेको छ ।

रातीको समयमा अत्यावश्यक एम्बुलेन्स वा बारुण यन्त्र लानु परेमा सहजै जान आउने अवस्था न रहेको स्थानिय युवा बिनेश पटेलले गुनासो गरे । बाटो मै निमार्ण सामग्री राख्दा दुर्घटनाको सम्भावना पनि त्यतिकै रहेको छ तर सोलाई हटाउन सम्बन्धित निकायलाई जानकारी गराउदा पनि कुनै पनि निकायले ध्यान नदिएको गुनासो पटेलकाे छ ।

१५ फिटको बाटोमा करिब १० फिट सम्म बालुवा, गिटी, फलामको ठण्डीहरु राखिएकोले एउटा अटो वा ई–रिक्सा समेत आउन जान समस्या भईरहेको स्थानिय जायेद हुसैनकाे गुनासाे छ ।

घर निर्माण गर्ने व्यक्तिलाई बाटो मै निर्माण सामग्री लामो समय सम्म किन राख्नु भयो भनेर वडावासीहरुले हटाउनको लागि आग्रह गरे पनि हटाउनमा आलटाल गर्ने गरेको स्थानियहरुकाे गुनासो छ ।

यसैगरी बाटौमै टेम्पु, टयाक्टर लगायतका सवारीसाधनहरु समेत राख्ने गरेका छन् । यस्ता सवारी साधनहरु हटाउनका लागि बारम्बार आग्रह गरे पनि अटेरी गरिरहेको स्थानियहरुकाे गुनासो छ ।

यस सम्बन्धमा वडा कार्यालय, महानगरपालिका, ट्राफिक प्रहरीहरुको समय मै ध्यान जान जरुरी देखिएको छ । नत्र कुनै पनि बेला अप्रिय घटना हुन सक्ने देखिएकोले वडावासीहरु चिन्तित बनेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...