Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

नेपाली कांग्रेसद्वारा पर्साकाे सबै पालिकामा माेटरसाइकल र्‍याली र विराेध सभा

spot_img
spot_img

वीरगंज । प्रतिनिधि सभा विघटनकाे विराेधमा नेपाली कांग्रेसले पर्साकाे विभिन्न पालिकामा शनिबार माेटरसाइकल र्‍याली र विराेध सभा गरेकाे छ ।

कालिकामाई गाउँपालिकाकाे वडा नं. २ गदियानीबाट निस्केकाे माेटरसाइकल र्‍याली गदियानी, भेडिहारी, बलुवा, बिरन्चिबर्वा, हरिहरपुर, सिमरा, मुडली, रबिदासकाे परिक्रममा गरेपछि टिनडाेबियामा पुगी काेण सभामा परिणत भएकाे थियाे ।

सभालाई सम्बाेधन गर्दै गाउँपालिका संयाेजक राजेन्द्र कुमार कुर्मीले प्रधानमन्त्री केपी शर्मा ओली तनाशाह बन्दै गएकाे आराेप लगाए । प्रधानमन्त्री ‌ओलीकाे असंवैधानिक कदमले उनमा तनाशाह देखेकाे उनकाे आराेप थियाे ।

कम्युनिष्ट सरकारले भ्रष्टचारकाे अलावा केही गर्न नसकेकाे आराेप लगाउदै उनले नेपाली कांग्रेकाे विकल्प नरहेकाे दाबी गरे ।

नेपाली कांग्रेस कालिकामाई गाउँपालिकाे आयाेजनामा भएकाे बिराेध कार्यक्रममा छठु साह, संजय साह, रामानन्द ठाकुर, रामशिष यादव लगायत सयाैंकाे सहभागिता रहेकाे थियाे । 

यस्तै, छिपहरमाई गाउँपालिका पनि संसद विघटनकाे विराेधमा नेपाली कांग्रेसको मोटरसाइकिल र्‍याली तथा विराेध सभा सम्पन्न भएकाे छ । गाउँपालिका संयाेजक धुरेन्द्र साह कानुकाे अध्यक्षतामा भएकाे विराेध कार्यक्रममा जिल्ला सचिव किशोरी साह, जिल्ला सदस्य नबिन सिंह, रामेसवर महतो, रामासंकर साह, दिपेन्द्र सिंह लगायतकाे सहभागिता रहेकाे थियाे ।

यस्तै, जगरनाथपुर गाउँपालिकामा पनि संसद विघटनकाे विराेधमा माेटरसाइकल र्‍याली तथा विराेध सभा सम्पन्न भएकाे क्षेत्रिय सचिव श्रीकान्त यादवले जानकारी दिए । माेटरसाइकल र्‍याली गाउँपालिकाकाे विभिन्न वडाकाे परिक्रममा गरेका थिए ।

यस्तै, धाेबिनी गाउँपालिका पनि नेपाली कांग्रेसकाे माेटरसाइकल र्‍याली तथा विराेध सभा सम्पन्न भएकाे क्षेत्रिय सचिव बलिष्ठर अहमदले जानकारी दिए । विराेध सभालाई महासमिति सदस्य बशिष्ठ नारायण कुर्मीले सम्बाेधन गरेका थिए ।

यस्तै, कम्युनिस्ट सर्बसत्ताबादी सरकारको प्रतिगामी कदम, असंवैधानिक संसद विघटन, भ्रष्टाचार, कुशासनका विरुद्धमा नेपाली काँग्रेस बिन्दवासिनी गाउँपालिकाद्वारा पालिकास्तरिय मोटरसाइकल र्‍याली र बिरोध सभा सम्पन्न भएकाे गाउँपालिका संयाेजक विवेक चाैरसियाले जानकारी दिए ।

गाउँपालिका संयाेजक चौरसियाको नेतृत्वमा निस्केको मोटरसाइकल र्‍यालीलाई इटियाही चौकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तराई मधेस समन्वय बिभागका प्रमुख अजय कुमार चौरसियाले पार्टीकाे झन्डा देखाई शुभारम्भ गरेका थिए ।

साे र्‍याली मधवल, अमरपट्टी झौवागूठी, बहुअर्वा भाठा, हरिनगर, गर्दौल, भेलाहा, बडसावरा, हासवा हुँदै प्रसौनी भाठामा पुगी कोण सभामा परिणत भएको थियो ।

नेपाली कांग्रेस बिन्दवासिनी गाउँपालिकाकाे आयाेजनामा निस्केकाे र्‍यालीमा राज्य प्रशासन बिभागका सदस्य अशोक कुमार गुप्ता, शिक्षक महासंघ प्रदेश २ का उप महासचिव मोहनलाल पटेल, गाउँपालिका उपाध्यक्ष किरण देबि गुप्ता, वडाध्यक्ष अनोज चौरसिया,  बिपि चिन्तन प्रतिस्ठानका अध्यक्ष फजिल मियाँ लगायतकाले सम्बोधन गरेका थिए ।

यस्तै, पर्साकाे बहुदरमाई नगरपालिका पनि नेपाली कांग्रेसकाे विराेध सभा सम्पन्न भएकाे नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेलले जानकारी दिए । कम्युनिस्ट सर्बसत्ताबादी सरकारको प्रतिगामी कदम, असंवैधानिक संसद विघटन, भ्रष्टाचार, कुशासनका विरुद्धमा आयाेजित विराेध सभा सम्पन्न भएकाे उनले वताए ।

नेपाली काँग्रेस बहुदमाइ नगरपालिकाकाे आयाेजनामा भएकाे विराेध सभामा नेपाली कांग्रेका केन्द्रिय सदस्य अजय चाैरसिया, प्रदेश सभा सदस्य राजेशवर साह लगायतकाले सम्बाेधन गरेका थिए ।

यस्तै, पर्साकाे अन्य पालिकामा पनि नेपाली कांग्रेसकाे विराेधकाे कार्यक्रम सम्पन्न भएकाे जनाइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...