Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेपाली कांग्रेसद्वारा पर्साकाे सबै पालिकामा माेटरसाइकल र्‍याली र विराेध सभा

spot_img
spot_img

वीरगंज । प्रतिनिधि सभा विघटनकाे विराेधमा नेपाली कांग्रेसले पर्साकाे विभिन्न पालिकामा शनिबार माेटरसाइकल र्‍याली र विराेध सभा गरेकाे छ ।

कालिकामाई गाउँपालिकाकाे वडा नं. २ गदियानीबाट निस्केकाे माेटरसाइकल र्‍याली गदियानी, भेडिहारी, बलुवा, बिरन्चिबर्वा, हरिहरपुर, सिमरा, मुडली, रबिदासकाे परिक्रममा गरेपछि टिनडाेबियामा पुगी काेण सभामा परिणत भएकाे थियाे ।

सभालाई सम्बाेधन गर्दै गाउँपालिका संयाेजक राजेन्द्र कुमार कुर्मीले प्रधानमन्त्री केपी शर्मा ओली तनाशाह बन्दै गएकाे आराेप लगाए । प्रधानमन्त्री ‌ओलीकाे असंवैधानिक कदमले उनमा तनाशाह देखेकाे उनकाे आराेप थियाे ।

कम्युनिष्ट सरकारले भ्रष्टचारकाे अलावा केही गर्न नसकेकाे आराेप लगाउदै उनले नेपाली कांग्रेकाे विकल्प नरहेकाे दाबी गरे ।

नेपाली कांग्रेस कालिकामाई गाउँपालिकाे आयाेजनामा भएकाे बिराेध कार्यक्रममा छठु साह, संजय साह, रामानन्द ठाकुर, रामशिष यादव लगायत सयाैंकाे सहभागिता रहेकाे थियाे । 

यस्तै, छिपहरमाई गाउँपालिका पनि संसद विघटनकाे विराेधमा नेपाली कांग्रेसको मोटरसाइकिल र्‍याली तथा विराेध सभा सम्पन्न भएकाे छ । गाउँपालिका संयाेजक धुरेन्द्र साह कानुकाे अध्यक्षतामा भएकाे विराेध कार्यक्रममा जिल्ला सचिव किशोरी साह, जिल्ला सदस्य नबिन सिंह, रामेसवर महतो, रामासंकर साह, दिपेन्द्र सिंह लगायतकाे सहभागिता रहेकाे थियाे ।

यस्तै, जगरनाथपुर गाउँपालिकामा पनि संसद विघटनकाे विराेधमा माेटरसाइकल र्‍याली तथा विराेध सभा सम्पन्न भएकाे क्षेत्रिय सचिव श्रीकान्त यादवले जानकारी दिए । माेटरसाइकल र्‍याली गाउँपालिकाकाे विभिन्न वडाकाे परिक्रममा गरेका थिए ।

यस्तै, धाेबिनी गाउँपालिका पनि नेपाली कांग्रेसकाे माेटरसाइकल र्‍याली तथा विराेध सभा सम्पन्न भएकाे क्षेत्रिय सचिव बलिष्ठर अहमदले जानकारी दिए । विराेध सभालाई महासमिति सदस्य बशिष्ठ नारायण कुर्मीले सम्बाेधन गरेका थिए ।

यस्तै, कम्युनिस्ट सर्बसत्ताबादी सरकारको प्रतिगामी कदम, असंवैधानिक संसद विघटन, भ्रष्टाचार, कुशासनका विरुद्धमा नेपाली काँग्रेस बिन्दवासिनी गाउँपालिकाद्वारा पालिकास्तरिय मोटरसाइकल र्‍याली र बिरोध सभा सम्पन्न भएकाे गाउँपालिका संयाेजक विवेक चाैरसियाले जानकारी दिए ।

गाउँपालिका संयाेजक चौरसियाको नेतृत्वमा निस्केको मोटरसाइकल र्‍यालीलाई इटियाही चौकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तराई मधेस समन्वय बिभागका प्रमुख अजय कुमार चौरसियाले पार्टीकाे झन्डा देखाई शुभारम्भ गरेका थिए ।

साे र्‍याली मधवल, अमरपट्टी झौवागूठी, बहुअर्वा भाठा, हरिनगर, गर्दौल, भेलाहा, बडसावरा, हासवा हुँदै प्रसौनी भाठामा पुगी कोण सभामा परिणत भएको थियो ।

नेपाली कांग्रेस बिन्दवासिनी गाउँपालिकाकाे आयाेजनामा निस्केकाे र्‍यालीमा राज्य प्रशासन बिभागका सदस्य अशोक कुमार गुप्ता, शिक्षक महासंघ प्रदेश २ का उप महासचिव मोहनलाल पटेल, गाउँपालिका उपाध्यक्ष किरण देबि गुप्ता, वडाध्यक्ष अनोज चौरसिया,  बिपि चिन्तन प्रतिस्ठानका अध्यक्ष फजिल मियाँ लगायतकाले सम्बोधन गरेका थिए ।

यस्तै, पर्साकाे बहुदरमाई नगरपालिका पनि नेपाली कांग्रेसकाे विराेध सभा सम्पन्न भएकाे नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेलले जानकारी दिए । कम्युनिस्ट सर्बसत्ताबादी सरकारको प्रतिगामी कदम, असंवैधानिक संसद विघटन, भ्रष्टाचार, कुशासनका विरुद्धमा आयाेजित विराेध सभा सम्पन्न भएकाे उनले वताए ।

नेपाली काँग्रेस बहुदमाइ नगरपालिकाकाे आयाेजनामा भएकाे विराेध सभामा नेपाली कांग्रेका केन्द्रिय सदस्य अजय चाैरसिया, प्रदेश सभा सदस्य राजेशवर साह लगायतकाले सम्बाेधन गरेका थिए ।

यस्तै, पर्साकाे अन्य पालिकामा पनि नेपाली कांग्रेसकाे विराेधकाे कार्यक्रम सम्पन्न भएकाे जनाइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...