Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

ट्रान्सपोर्ट एशोसिएशन वीरगन्जको अध्यक्षमा बालकृष्ण पोखरेल बिजयी

spot_img
spot_img

वीरगन्ज । ट्रान्सपोर्ट एशोसिएशन वीरगन्जको अध्यक्षमा बालकृष्ण पोखरेल निर्विरोध बिजयी भएका छन् । चितवनको सौराहामा शनिबार सम्पन्न ७ औ“ जिल्ला अधिवेशनमा पोखरेलको प्यानलनै निर्विरोध निर्वाचित भएको हो ।

अर्को पक्षबाट उम्मेदवारी दर्ता नभएपछि पोखरेलको प्यानल निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अर्को पक्षका केही सदस्यले निर्वाचन प्रक्रिया बहिष्कार गरे पनि पोखरेल प्यानलको पक्ष्ँमा दुई तिहाई भन्दा बढी बहुमत सदस्यको साथ रहेको थियो ।

अध्यक्षमा पोखरेलसंगै उपाध्यक्षमा प्रविण कुमार कर्ण, सचिवमा नवराज अधिकारी, सहसचिवमा राजेश पटेल, कोषाध्यक्षमा जिवेश मिश्रा र सदस्यमा सुशिल कलवार, श्रीकान्त सहनी, सरोज सिंह र महेश हमाल निर्विरोध बिजयी भएको निर्वाचन अधिकृत उज्जवल देवकोटाले जनाए ।

शनिबार अध्यक्षमा निर्वाचित पोखरेलको एशोसिएशनको नेतृत्वमा यो दोस्रो कार्यकाल हो । यसअघि शनिबार विहान ढुवानी व्यवसायी महासंघका अध्यक्ष विश्वनाथ खनालको प्रमुख आतिथ्यमा ७ औं जिल्ला अधिवेशनको उद्घाटन भएको थियो ।

उद्घाटन सत्रमा महासंघका उपाध्यक्ष अच्युत राज खनाल, महासचिव अरुण कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

सौराहा मै विहान ढुवानी व्यवसायी महासंघको बसेको बैठकले वीरगन्जको पाथीभारा ट्रान्सपोर्टका सञ्चालक राजेश मल्लिकलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

  • Tags
  • #
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...