Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

थारु समुदायमा माघीको रौनक, जिराभवानी र वीरगंजमा वृहत कार्यक्रम

spot_img
spot_img

वीरगंज । पर्सामा विभिन्न कार्यक्रमकाे आयाेजना गरी बिहिबार थारु सम्बत् २६४५ र खिचडी (माघी) महाेत्सव मनाइएकाे छ ।

माघी पर्वकाे अवसरमा जिराभवानी गाउँपालिकाकाे वडा नम्बर ३, नौकाटोलमा वृहत कार्यक्रम सम्पन्न भएकाे छ । विताे महताे माध्यमिक विद्यालय परिसरमा भएकाे कार्यक्रममा स्थानीय थारु कला संस्कृति र देउडा झमटा थारू संस्कृति खानपान वस्तुहरुको प्रदर्शनी पनी गरिएकाे थियाे ।

कार्यक्रममा वाेल्ने वक्ताहरुले थारु सांस्कृतिकाे रक्षा गर्नु पर्ने र दाइजाेप्रथाकाे अन्तत्य गर्नु पर्नेमा जाेड दिएका थिए ।

वडा नम्बर ३ का वडाध्यक्ष उमेश महताेकाे अध्यक्षता र गाउँपालिका अध्यक्ष रामपृत महताेकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा थारु कल्याणकारणी समिति पर्साका कार्यवाहक अध्यक्ष ठाकुर प्रसाद महताे, प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता, विकाउ भण्डारी, राधेश्याम राय थारु लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यस्तै, माघी पर्वकाे अवसरमा जिराभवानी गाउँपालिकाकाे वडा नम्बर १, पकडीटोलमा बृहत कार्यक्रम सम्पन भएको छ ।

युवा समाज पकडीका अध्यक्ष गाेबिन्द चाैधरीकाे अध्यक्षता र संविधान सभा सदस्य जयप्रकाश थारूको प्रमुख आथित्यमा भएकाे कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उप प्रमुख ठाकुर प्रसाद नौपाने, जिराभवानी गाउँपालिकाकी उप प्रमुख उषा देबी थरूनी,  वडा नं. १ का पूर्व गाबिस अध्यक्ष रामऔतार महतो, नरेस गुरो, शुभनारायन पटेल, सुरेश खवास, धनेश खवास, कमलेश राय लगायतकाे उपस्थित रहेको थियो ।

उक्त कार्यक्रमको स्वागत मन्तब्य समाजसेवी रामशरण खवासले गरेका थिए भने कार्यक्रमकाे सञ्चालन रामप्रीत महतोले गरेका थिए । 

कार्यक्रममा स्थानि गायक नेपाली नीरहुवा उर्फ जितेन्द्र राय र स्थानीय बालबालिकाहरुले पनि आ आफ्नो जातिय भेषभुषामा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा थारू समुदायमा बिस्तारै हराउँदै गएको झमटा नृत्य पनी प्रस्तुत गरिएकाे थियो । 

यस्तै, वीरगंजमा थारु सम्बत् २६४५ औ सालकाे शुभकामना अदानप्रदान तथा खिचडी (माघी) महाेत्सव सम्पन्न भएकाे ।

प्रत्येक बर्ष झै यस बर्ष पनि वीरगंजकाे आदर्शनगरस्थि स्वीमिङ पुल परिसरमा भएकाे कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएकाे थियाे ।  

माघी मूल समाराेह समिति वीरगंज, पर्साकाे आयाेजनामा भएकाे कार्यक्रममा पटेर्वा सुगाैली गाउँपालिकाकी उप प्रमुख ममता महताे, नेपाली कांग्रेसका पर्साका सभापति अजय द्विवेदी, नेकपाका नेता बसरुदिन अन्सारी, रेडियाे वीरगंजका कार्यकारी अध्यक्ष धुव्र साह, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का, प्राध्यापक शुसमा तिवारी, समाजिक अभियान्ता प्रकाश थारु लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...