Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पर्सागढिमा हाफ मैराथुन दाैड प्रतियाेगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्सागढी नगरपालिकामा बिहिबार पर्सागढी हाफ मैराथुन दाैड प्रतियाेगिता सम्पन्न भएकाे छ ।

पर्सागढि नगरपालिकाकाे सहयाेग र स्थानिय गैर सरकारी संस्था जागृति युवा क्लब पकडिया बढनिहारको आयोजनामा तथा जिल्ला एथलेटिक्स संघ पर्साको संयोजनमा  २१ किलोमिटरको  हाप मैराथुन दाैड प्रतियाेगिता सम्पन्न भएकाे हाे ।

क्लबका अध्यक्ष रबिशंकर चौधरीकाे अध्यक्षतामा भएकाे मैराथुनकाे उद्घाटन नगर प्रमुख लोकनारायण यादबले गरेका थिए ।

प्रतियाेगितामा सात वटै प्रदेशका म्याराथुनका खेलाडीका साथै विभागिय क्लबका खेलाडी पुलीस क्लब, आर्मि क्लब र बिधार्थीहरुको सहभागीता रहेको थियो । हाफ मैराथुन प्रतियाेगितामा प्रथम हुने खगेन्द्र बहादुर भाटलाई रु २१ हजार, दोस्रो हुने अजित कुमार यादवलाई रु १५  हजार र तेस्रो हुने ज्ञान प्रसाद भट्टराईलाई रु १० हजार नगर पुरस्कार प्रदान गरिएकाे थियाे ।

यस्तै, महीलातर्फ प्रथम हुने कान्छी माया, दोस्रो हुने बिन्दा श्रेष्ठ र तेस्रो हुने संजिता बिकसहित दसौं नम्बर सम्मको खेलाडीहरुलाई नगद, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यसैगरी, बिधार्थीहरुकाे लागि आयाेजित पाँच किलोमिटरकाे हाफ म्याराथुनमा दौड प्रतियाेगिताकाे प्रथम हुने किरन लिम्बुलाई रु ५ हजार, दोस्रो हुने बिकास पोखरेललाई रु ३ हजार र तेस्रो हुने बिजय चपागाईलाई रु २ हजार नगदसहित पुरस्कृत गरिएकाे थियाे ।

साे प्रतियाेगिताकाे महीलातर्फ प्रथम सरस्वती बोहरा, दोस्रो अन्जु खडकासहित दसौं नम्बर सम्मको खेलाडीहरुलाई समेत नगद, प्रमाण पत्र, सिल्ड मेडलले पुरस्कृत गरीएको थियो ।

कार्यक्रममा एथलेटिकस संघ महासचिव धनवीर चौधरी, केन्द्रीय सदस्य मोहन प्रसाद, वडाध्यक्ष बेदमन दास थारु, उदब बहादुर उप्रेती, नेपाल कम्युनिस्ट पार्टी नगर संयोजक गोकर्ण पाठक लगायतकाे उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य ब्यवस्थापक रापृत चौधरीले राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...