Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

परवानिपुरस्थित दलित बस्तीको घरहरु भत्काईयो, त्रिपालमुनी बालबच्चा लिई कठ्याङ्ग्रिदै

spot_img
spot_img

वीरगंज । पर्साको परवानीपुरमा बसोबास गर्ने दलित बस्ती भत्काईएको छ । महानगरपालिकाको वडा नं, २१ परवानीपुर स्थित त्रिभुवन राजपथसँगै जोडिएको नेपाल रेल्वेको जग्गामा विगत लामो समयदेखि बस्दै दलित समुदायको बस्ती भत्काईएको छ ।

वडा नं. २१ परवानीपुरका वडाअध्यक्ष हबिब मियाँले आइतबार अचानक डोजर लगाएर आफूहरुको घर भत्काइँदा रुखबाटै खसेझै महसुस भएको सो वडाका दलित महिला गिरिजा देवी रामले बताईन् ।

महानगरपालिकाको वडा नं, २१ परवानीपुर स्थित त्रिभुवन राजपथसँगै जोडिएको नेपाल रेल्वेको जग्गामा विगत लामो समयदेखि बस्दै आएकी ति दलित महिलाले आफू लगायत त्यस वस्तीका १२ परिवारलाई वडाध्यक्षले आफ्नो निजी स्वार्थको लागि घरविहीन बनाएको आरोप लगाइन् ।

विगत ६ महिना अघि वडा कार्यालयले त्यस क्षेत्रमा कुनै किसिमको पक्की नयाँ घर निर्माण नगर्न भनेर चिठी आएको थियो तर घर नै भत्काउँछन् भनेर सोचेको पनि थिएन भन्दै गिरिजादेवीले जानकारी विना नै घर भत्काइएको कारण कठ्याङ्ग्रिदो चिसोमा त्रिपालमुनि बालबच्चा लिएर बस्नु परेको बताइन् ।

उनले घरमा सुत्केरी बुहारीसँगै २ महिनाको काँखे बालकलाई लिएर त्रिपाल मुनी बस्नु परेको अवस्था देखाउँदै केही जानकारी दिए आफूहरु यहाँबाट सरेर अन्यत्रै व्यवस्था गरे पश्चात घर भत्काएको भए यस्तो विजोग हुने थिएन् भन्दै यस्तो कठ्याङ्ग्रिदो जाडोमा घरविहीन बनेर त्रिपालमुनी बसेपछि बालबालिकाहरुलाई पनि केही हुने हो कि भन्ने चिन्ताले सताएको बताइन् ।

त्यसैगरि अर्का पीडित महिला कल्पना थापाले विगत ५० औं वर्षभन्दा अगाडिदेखि बस्दै आएकोमा वडाध्यक्षले आफ्नो स्वार्थ सिद्ध गर्नका निम्ति दलित परिवारको घरहरु भत्काएको बताइन् ।

बस्तीसँगै रहेको राजहँस घ्यू तथा मैदा उद्योगका संचालकलाई फाइदा पुग्ने गरि अर्थात भोलिका दिनमा त्यस उद्योगले उक्त जग्गा प्रयोग गर्न पाओस् भन्ने मनसायले उनकै निर्देशनमा वडाध्यक्षले उक्त बस्तीको १२ वटा घर मात्रै भत्काइएको बताइन् ।

नेपाल सरकारको जग्गामा आफूहरु बस्दै आएकोले नेपाल सरकारले चाहेको बेला खाली गराउन सक्छ, त्यो हामीलाई पनि थाहा छ र नेपाल सरकारले भनेपछि हामी जग्गा खाली गर्न तयार छौं, तर यसरी कुनै जानकारी तथा कुनै योजना विना नै दलित परिवारको मात्रै १२ वटा घर भत्काउनुले वडाध्यक्षको दादागिरी बढेको बताइन् ।

त्यहाँ वडाध्यक्षको मात्रै दादागिरी छैन, उनका छोराको पनि त्यतिकै दादागिरी छ । छोराले राजहँस उद्योगले ऐलानी जग्गामा निर्माण गरि रहेको पक्की भवनमा आफै बसेर सघाउने गरेको भन्दै स्थानीयहरुले त्यस उद्योगको गेट अगाडि खासै ठाउँ नभएको कारण आफूहरुको बस्तीलाई हटाएर भोलिका दिनमा त्यस ठाउँलाई प्रयोग गर्न सकोस् भनेर घरहरु भत्काइएको उनीहरुको भनाई छ ।

त्यसबारे कोही कसैले बोल्दा वडाध्यक्षका छोराले पालेको ५्६ जना बाउन्सरसँग कुटपिट गर्न लगाउनुको साथै धाँधली गर्दै आएको स्थानीयहरुको भनाई छ । वीरगन्ज घण्टाघरदेखि अमलेगन्जसम्म नेपाल रेल्वेको जग्गा रहेकोमा पुरै जग्गा खाली गराउनुपर्ने उनीहरुको भनाई छ ।

त्यसमा पनि परवानीपुर बजारमै स्वयमँ वडाध्यक्षकै तीनतल्ले भवन रहेकोमा त्यसलाई खाली नगराई दलित वस्तीका १२ वटा मात्रै घर भत्काउनुले वडाध्यक्षको चरित्रमाथि नै शंका उब्जेको त्यस क्षेत्रका स्थानीयहरुको भनाई छ ।

परवानीपुरमा मात्रै रेल्वेको जग्गामा लगभग १ सयवटा घरहरु छन्, तर दलितहरुमाथि नै किन यसरी दमन हुन्छ भन्दै कोपिला क्षेत्रीले घर विहीन बनाएका वडाध्यक्षले हालसम्म आफूहरुले के खाएको रु कहाँ र कसरी बस्ने गरेको रु भनेर एक पटक हेर्न समेत नआएको बताइन् ।

घरविहीन भएका दलित परिवारहरुलाई त्यस राजमार्ग हुँदै जाने सवारीका चालकहरुले दिएको त्रिपालमुनि जीवन विताइरहेका छन् । वडाध्यक्षले कुनै जानकारी विना वस्तीको घरहरुमाथि डोजर चलाउन थालेपछि आफ्नो सामान समेत निकाल्नका लागि ५ मिनेट समय माग्दा नमानी कसैले खाना खादै, कसले काम गर्दै गरेको अवस्थामा नै घर भत्काइएको उनीहरुको भनाई छ ।

घर भत्काएपछि दलित परिवारहरु घरविहीन मात्रै बनेका छैनन्, उनीहरुको सरसामान तथा गरगहनाहरु लथालिंग भएर हराइसकेको छ । फुसको छाप्रोहरु जताततै फ्याकिएको छ भने टिनको छानाहरु सडक छेउमै फालिएको छ । उनीहरुले पालेको घरपालुवा जनाहरु मध्ये २ बाख्रा पनि त्यसभित्रै च्यापिएर मरेको बताए ।

राज्यले घरघरमा सिंहर दरबार पुगोस् भनेर स्थानीय निकायको स्थापनासँगै जनप्रतिनिधिलाई अधिकार दिएको छ । तर ति जनप्रतिनिधिहरुले आफ्नो स्वार्थ सिद्ध गर्नका लागि पदको दुरुपयोग गर्दै आफ्नो वडाबासीहरुको सेवा गर्नुपर्नेमा उल्टै घरविहीन बनाएका छन् ।

यदि रेल्वेको जग्गा नै खाली गराउनुछ भने वडाध्यक्षले पहिला आफ्नो घर भत्काउँदै अन्यको घर भत्काउनुपर्ने भन्दै उनीहरुले अन्यको घर नभत्काउने अनि राजहँस उद्योग अगाडि रहेको दलित बस्तीका घरहरुलाई मात्रै भत्काएको कारण उनको प्रलोभनमा परेर घरहरु भत्काइएको पीडितहरुको भनाई छ । ती घरहरु भत्काउनका लागि वडाध्यक्षले विगत लामो समयदेखि प्रयास गर्दै आएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले उद्योगले राजधानीमा एलपी...

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...