Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

पत्रकार साहको मोटरसाईकल चोरी

spot_img
spot_img

वीरगंज । वीरगंजबाट प्रकाशित हुने पर्दाफास दैनिकका प्रकाशक एवं प्रबन्ध निर्देशक राघव साहको मोटरसाईकल मंगलबार दिउसो चोरी भएको छ ।

पत्रकार साह काम विशेषले पर्सा जिल्ला अदालत जांदा राधेमाई चौक अदालत एरियाबाट सुपर स्पलेन्डर माेटरसाइकल चोरी भएको हो । पत्रकार साहको नाउ“मा दर्ता रहेको ना ४६ प ६१८१ नं. को सुपर स्पेलेण्डर कालो रंगको मोटरसाईकल पर्सा जिल्ला अदालत देखि पश्चिम, साउथ जोन बोर्डिङ्ग स्कूलदेखि दक्षिण, श्री वैष्णो देवी वचत तथा ऋण सहकारी संस्थाको अगाडि सडक छेउमा पार्कि· गरी राखेको अवस्थामा  करिब २ः३० बजेको समयमा चोरी भएको साहले बताए ।

ईन्जिन नं. JA05ECH9C00177 र चेसिस नं. MBLJA05EWH9C00100 को भएकाे १२४.७ सिसिको सुपर माेटरसाइकल चाेरी भएकाे पिडित साहले जानकारी गराए । प्रेस संगठन नेपालका केन्द्रिय सदस्य समेत रहेका पत्रकार साहले मोटरसाईकल चोरी भए लगतै वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्सालाई जानकारी गराए पनि अबेर रातीसम्म माेटरसाइकल पत्ता नलागेको प्रहरीले जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...