Date
शनि, असार २०, २०८३
Sat, July 4, 2026

पृथ्वी जयन्तीको अवसरमा माल्यार्पण एवम् साडी बितरण

spot_img
spot_img
वीरगंज । पृथ्वीनारायण शाहको २ सय ९९ औं जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा साेमबार वीरगंजमा र्याली एवम्‌ माल्यार्पण कार्यक्रम सम्पन्न भएकाे छ ।
 
राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले पृथ्वीनारायण शाहको तस्बिरलाई बगीमा राखी बाजागाजा सहित घण्टाघरबाट निकालीएको झाँकी नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनःघण्टाघरमा पुगी सभामा परिणत भएकाे थियाे ।
 
कार्यक्रमका प्रमुख अतिथी नागरिक समाजका अगुवा एवम् प्रध्यापक डा. दिपक शाक्यले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै आजको परिवेशमा सम्पूर्ण जनता एक हुनु पर्ने कुरा औल्याए । उनले सम्पुर्ण नेपाली जनता एक नभए सम्म चार वर्ण ३६ जातका फुलवारी असुरक्षित रहेको भन्ने कुरामा जोड दिए ।
 
बीरगंज महानगर पालिकाकाकी उपमेयर शान्ति कार्कीले पृथ्वीनारायण शाह नेपाल र नेपालीको बुबा हुनु भएकोले वहाँलाई कहिले पनि बिर्सन नहुने कुरामा जोड दिइन । वर्तमान सरकारले नचाहेको खण्डमा बिदा दिने गरेको र पृथ्वीनारायण शाहको जयन्तीमा बिदा नदिने गरेकोमा आपती समेत जनाइन ।
 
समाजसेवी एवम् राष्ट्रबादी पशुपति बिक्रम शाहले अहिलेको परिस्थितमा एक जना पृथ्वीनारायण शाह जस्तै बीर पुरुषको खाँचो रहेको हुँदा फेरी नेपालमा पृथ्वीनारायण जनमिनु पर्ने आवश्यक्त रहेको वताए । उनले सम्पूर्ण राष्ट्रवादीहरुलाई एकतामा अनेकता नगर्न आग्रह गरे ।
 
राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा भएकाे कार्यक्रममा हिन्दु युवा संघका केन्द्रिय सदस्य राजेश सिंह राठौर, बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डे, मंचका कानुनी सल्लाहकार हरिहर साह, सरोकार मंचका केन्द्रिय सदस्य अर्जुन सिंह, सिमराका अध्यक्ष पुरुषोतमलाल श्रेष्ठ, बारा मंचका आत्माराम लगायतले पृथ्वीनारायण शाहको जिवनीकाबारे चर्चा गरेका थिए ।
 
कार्यक्रममा बिगत लामो समय देखी सहयोग गर्दै आएका भारतीय र नेपाली संचारकर्मीहरुलाई ढाका टोपी र खादा ओढाई मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो ।
 
उक्त कार्यक्रममा संजु देवी, किरण कुमारी, रामपती देवी, सिता देवी, चम्पा देवी, साबित्री देवी, अन्सु देवी सुनिता देवी, साल्मा खातुन लगायत ४५ जना महिलाहरु साडी समेत बितरण गरिएको प्रेस संयोजक प्रणय कुमारले जानकारी दिए ।
 
उक्त कार्यक्रममा सम्पूर्ण अतिथीहरुलाई मंचका उपाध्यक्ष कमल घिमिरे र नगर संयोजक उपेन्द्र बरैले खादा ओढाई स्वागत गर्नु भएको थियो ।
 
कार्यक्रममा मंचका सचिव मकबुल मियाँ बरही, सदस्य अशोक मण्डल, अजय तिवारी, राजाराम साह लगायत स्थानियबासी, समाज सेबी, भद्रभलादमी, पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।
 
लक्ष्मी साहित्य समाजका अध्यक्ष महेशचन्द्र गौतमले कार्यक्रममा स्वागत भाषण गर्नु भएको थियो भने कार्यक्रमकाे संचालन सुर्या शुभचिन्तकले गरेका थिए ।
spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दुईदिने पर्सा चेस च्याम्पियनसिप सुरु, करिब १०० खेलाडी प्रतिस्पर्धामा

वीरगञ्ज । युथलिङ्क वीरगञ्जको आयोजना तथा पर्सा जिल्ला बुद्धीचाल संघको सहकार्यमा दुईदिने पर्सा चेस च्याम्पियनसिप शनिबारदेखि वीरगञ्जस्थित बीपीसी कलेजको सभाहलमा सुरु भएको छ। प्रतियोगितामा...

सुधीर पटेलको पक्षमा वीरगंजमा युवा भेला, चुनावी अभियान तीव्र बनाउने घोषणा

वीरगंज । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै एक समुहले वीरगंज महानगरपालिकाको मेयर पदका आकांक्षी सुधीर पटेलको पक्षमा युवा भेला आयोजना गरेको छ । शनिबार...

पर्सागढीको रघुनाथपुरमा विद्यार्थीलाई जीवन बचाउने सीप सिकाइयो

वीरगंज । पर्साको पर्सागढी नगरपालिका–७ रघुनाथपुरमा विद्यार्थीहरूलाई लक्षित गरी निःशुल्क एकदिने प्राथमिक उपचार तथा सिपिआर (CPR) तालिम सम्पन्न भएको छ । रघुनाथपुरस्थित सामुदायिक भवनमा...