Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

पारसनाथ मन्दिर विकासकाे गुरुयोजना बनाउन मुख्यमन्त्रीकाे प्रतिबद्धता

spot_img
spot_img
 
वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवनमा शुक्रबार पारसनाथ मन्दिर बिकास समारोह सम्पन्न भएकाे छ ।
 
गाउँपालिकालेे आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले धार्मिक स्थलहरुकाे संरक्षण र विकासमा प्रदेश सरकार लागि परेकाे वताए ।
 
कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका मुख्यमन्त्री राउतले मन्दिर विकासकाे गुरुयोजना बनाउन र निर्माण कार्यमा प्रदेश सरकार सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
 
भारतिय महावाणिज्यदूत नितेश कुमारले भारतिय दुताबासकाे तर्फबाट पारसनाथ- जैन सर्किटकाे रुपमा बिकास गर्न प्रतिबद्धता जनाए ।
 
पारसनाथ मन्दिर समितिका अध्यक्ष शिवनाथ प्रसाद साह तेलीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा निलम्वित सांसद हरिनारायण रौनियार, प्रदेश सांसद प्रहल्लाद गिरी, मन्जुर आलम,  उद्योगपति तथा नेपाल-बिहार-झारखण्ड जैन समाजका उपाध्यक्ष अशोक बैध, वरिष्ठ पत्रकार तथा राजनैतिक बिश्लेशक चन्दकिशोर झा लगायतकाले मन्तव्य राेखका थिए ।
 
कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले गरेका थिए भने कार्यक्रमकाे संचालन स्वास्थ्य संयाेजक राजेश राैनियारले गरेका थिए । पारसनाथ मन्दिरको ऎतिहासिक पृष्ठभुमी, पारसनाथ र पर्सा जिल्लाको नामाकरण सम्बन्ध प्रकाश प्रमोद जयसवालले पारेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...