Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

पारसनाथ मन्दिर विकासकाे गुरुयोजना बनाउन मुख्यमन्त्रीकाे प्रतिबद्धता

spot_img
spot_img
 
वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवनमा शुक्रबार पारसनाथ मन्दिर बिकास समारोह सम्पन्न भएकाे छ ।
 
गाउँपालिकालेे आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले धार्मिक स्थलहरुकाे संरक्षण र विकासमा प्रदेश सरकार लागि परेकाे वताए ।
 
कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका मुख्यमन्त्री राउतले मन्दिर विकासकाे गुरुयोजना बनाउन र निर्माण कार्यमा प्रदेश सरकार सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
 
भारतिय महावाणिज्यदूत नितेश कुमारले भारतिय दुताबासकाे तर्फबाट पारसनाथ- जैन सर्किटकाे रुपमा बिकास गर्न प्रतिबद्धता जनाए ।
 
पारसनाथ मन्दिर समितिका अध्यक्ष शिवनाथ प्रसाद साह तेलीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा निलम्वित सांसद हरिनारायण रौनियार, प्रदेश सांसद प्रहल्लाद गिरी, मन्जुर आलम,  उद्योगपति तथा नेपाल-बिहार-झारखण्ड जैन समाजका उपाध्यक्ष अशोक बैध, वरिष्ठ पत्रकार तथा राजनैतिक बिश्लेशक चन्दकिशोर झा लगायतकाले मन्तव्य राेखका थिए ।
 
कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले गरेका थिए भने कार्यक्रमकाे संचालन स्वास्थ्य संयाेजक राजेश राैनियारले गरेका थिए । पारसनाथ मन्दिरको ऎतिहासिक पृष्ठभुमी, पारसनाथ र पर्सा जिल्लाको नामाकरण सम्बन्ध प्रकाश प्रमोद जयसवालले पारेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...