Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

लायन्स क्लबद्वारा छात्राहरुलाई सेल्फ डिफेन्स प्रशिक्षण

spot_img
spot_img

वीरगंज । लायन्स क्लब ईन्टरनेशनलका संस्थापक अध्यक्ष स्व. मेलबिन जोन्सको १४२ औ जन्म उत्सव मनाउने क्रममा लायन्स क्लब अफ बिरगंजले साता ब्यापी कार्यक्रम अन्तर्गत शुक्रबार वीरगंज मासकोट एकेडेमीमा छात्राहरुको लागी दुई दिने सेल्फ डिफेन्स प्रशिक्षण कार्यक्रम समपन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लबका डीस्ट्र गर्भनर शम्भु नकर्मीले यस प्रशिक्षणबाट छात्राहरुले धेरै सिप आर्जन गर्न सफल भएको बताए । उनले यस प्रशिक्षणबाट छात्राहरु आफनो ब्यक्तिगत सुरक्षाको बारेमा धेरै सपि आर्जन गरेको र आउने दिनहरुमा सिकेका कुराहरुलाई ब्यवहारमा उर्तान आग्रह गरे ।

क्लबका अध्यक्ष बिजय कुमारको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी रमेश अग्रवालले यस क्लबले आउने दिनहरुमा यस्ता किसिमका कार्यत्रलमहरु गर्न शुभकामना दिए । साथै उनले क्लबलाई अगाडी बढाउनमा आफुहरु हर सम्भव सहयोग गर्न तैयार रहेको प्रतिबद्धता जनाए ।

कार्यक्रममा क्लबका सचिव पप्पु श्रीवास्तव, कार्यक्रमका सल्लाहकार छेडुप लामा, क्लबका सदस्य गुडी जोसी, सुरेश अग्रवाल, अनुप अग्रवाल, लियो क्लबका अध्यक्ष मेराजुल हवारी, लियो क्लब अफ गंजभवानीपुरका अध्यक्ष बिनय साह, सरिता खडकी, दिब्या गिरी लगायतकाे सहभागिता रहेको थियो ।

यसै बिच, शुक्रबार राती बिरगंज घण्टाघरमा गरिब, असाहाय, बिपन्नहरुलाई न्यानो कपडा बितरण कार्यक्रम रहेको क्लबका सचिव पप्पु श्रीवास्तवले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...