Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

परवानीपुरमा नेपाली कांग्रेसको बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । बाराको परवानीपुर गाउँपालिका वडा नं‍. ५ टोल बहुवरीमा शुक्रबार नेपाली कांग्रेसको बैठक सम्पन्न भएको छ ।

गाउँपालिका सभापती पुन्देव यादवको सभापतित्वमा बसेको बैठकले नेपाली कांग्रेसको केन्द्रीय कमिटीको निर्णय अनुसार यही पुस २५ गते शनिबारका दिन देशब्यापी रुपमा प्रदेश सभा क्षेत्रमा विरोध सभा गर्ने अन्तर्गत बारा क्षेत्र नं. ४ काे ’ख’ काे फेटा गाउँपालिकाको फेटा बजारमा सरकारले गरेको असंवैधानिक कदमविरुद्ध विरोध र्‍याली तथा सभा गर्ने निर्णय गरेको छ ।

बैठकमा परवानीपुर गाउँपालिकाका महाधिवेशन प्रतिनिधि जगदिश साह, प्रदेश सभाका प्रत्यासी उमेदवार विजय गुप्ता, परवानीपुर गाउँपालिकाका मेयर पदका उम्मेदवार लालबाबु यादव, वडा नं. १ देखि ५ सम्मका सभापती, वडा नं २ का वडाध्यक्ष ईश्वरी साह, वडा नं. १ देखि ५ सम्मका वडाध्यक्षका उम्मेदवार, जिल्ला कार्य समति, क्षेत्रीय कार्य समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम बारा क्षेत्र नं ४ का क्षेत्रीय सभापती सुनिल कुमार गुप्ताको प्रमुख आथित्यमा भएको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...