Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

देश विकासमा सहकारीको ठुलो महत्व : मन्त्री उषा यादव

spot_img
spot_img

वीरगंज । प्रदेश नं. २ की अर्थ राज्य मन्त्री उषा यादवले कुनै पनि देशको विकासको मेरुदण्डे सहकारी नै रहेको बताएकी छन् ।अमेरिका, जापान जस्ता देशको विकासनमा सहकारीकै महत्वपूर्ण भूमिका रहेको मन्त्री यादवले बताईन ।

जिल्ला कृषि सहकारी संघ पर्साको ९ औं बार्षिक साधारण सभामा बोल्दै मन्त्री यादवले फलफूल, तरकारी खेती, पशुपालन, माछा पालन जस्ता विभिन्न क्षेत्रमा सहकारी संस्थाहरु काम गर्दै विकासको सहयात्री बनेको प्रस्ट पारिन् ।

जनताको विकासका लागी ठुलो महत्व राखेको कृषि सहकारीलाई प्रदेश सरकार कमप्युटर, प्रिटर, सिपियु जस्ता विभिन्न सामग्री पनि दिईएको र अझै अगाडी बढाउँन सहयोग गर्दै जाने मन्त्री यादवको भनाई छ ।

‘‘प्रदेश नं. २ मा करिब ८१३ वटा सहकारी दर्ता रहे पनि २० प्रतिशत मात्रै सक्रिय सहकारी रहेका छन् । बाँकी कागजमा मात्रै सिमित रहेका छन् ।’ मन्त्री यादवले भनिन्,‘ लोभ लालचले पनि कतिपय सहकारी गठन भई नागरिकलाई ठग्ने गरेको पनि सुनिएको छ ,। ’’

‘‘प्रदेश सरकारले सहकारी सम्बन्धी ऐन बनाई सकेको छ । कोरोना महामारी र राजनीतिक अस्थिरताका कारण प्रदेश सभा पास हुन सकेको छैन् ।’ उनले भनिन्,‘ चाँडै नै ऐन पारित गरी क्षमता अभिबृद्धि, आर्थिक सहयोग जस्ता विभिन्न कार्यक्रम प्रदेश सरकारले संचालनमा ल्याउँछ ।’’

कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी मन्त्री यादवले माछा पालन, दूध उत्पादन जस्ता विभिन्न कृषि कार्यमा कसरी आत्म निर्भर बनाउन सकिन्छ भने बारे प्रदेश सरकारले विभिन्न योजना ल्याई कृषि कार्य गरिरहेको बताईन् ।

‘‘प्रदेश सरकारले ‘हर खेतमे पानी, हर हातमे काम’ कृषि क्षेत्रलाई बलियो बनाई कृषि मै आत्म निर्भर बनाउन विभिन्न काम गर्दै आएको छ । उनले भनिन्, ‘महिला हिंसा न्युनिकराणका लागी ‘बेटी बचाउँ, बेटी बढाऊ’’ अन्तर्गत ‘छोरी शिक्षा विमा’, ‘प्रदेश प्रहरी ऐन’ ‘महिला आरक्षण’ र दलित आरक्षण जस्ता विभिन्न ऐन ल्याएको छ ।’’

जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद प्रहलाद गिरी, सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फूलमति देवी थरुईन, नेफकुन संचालक हरेराम पटेल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि, पर्साका अध्यक्ष राजेश पंडित, जसपा नेपालका केन्द्री सदस्य फिरोज मन्सुर, नेता शुवजी सोनि, युवा सवरोजगार कोषका संयोजक शुनिल रौनियार, नरेश जयसवाल लगायतकाे सहभागिता रहेको थियो | 

कार्यक्रमका सहजीकरण जिल्ला कृषि सहकारी संघका लेखा समिति संयोजक अरबिन्द साहले गरेका थिए ।

सभामा संघकाे आ.बा. २०७६/०७७ को बार्षिक कारोबार २१,५९,५०९.२२/- को आय व्यय प्रस्तुत गरिएको थियाे | संघले स्थापना काल देखि सदस्य संस्था एवं कृषक बर्गको उत्थान, क्षमता विकास, शुसासन र व्यवस्थापनको लागि सरोकारवाला निकाय संग समन्वय, सहकार्य, छलफल, अन्तरक्रिया, संबाद र अध्यन्न अनुसन्धानको माध्यमबाट पैरवी र वकालत गर्दै आएको तथा भविष्यमा गरि रहने अध्यक्ष साहले बताए | 

लेखा प्रतिबेदन संयोजक अरविन्द कुमार साह एवं आर्थिक प्रतिबेदन तथा बार्षिक बजेट कार्यक्रम अनरुध प्रसाद चौधुरीले प्रस्तुत गरेका थिए |

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...