Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

अनेरास्ववियू पर्साले पठायाे प्रधानमन्त्री ओलीलाई विराेध पत्र

spot_img
spot_img

वीरगञ्ज । नेकपा प्रचण्ड-नेपाल समुह निकट अनेरास्ववियू पर्साले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध उनलीलाई नै विरोध पत्र पठाएकाे छ ।

भविष्यलाई सङ्कट तर्फ धकेलेको भन्दै अनेरास्ववियूले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री ओलीलाई नै विरोध पत्र बुझाएका छन् ।

अनेरास्ववियू पर्साका जिल्ला संयोजक रामबाबु यादवको नेतृत्वमा गएको विद्यार्थी नेताहरुको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ मार्फत विरोध पत्र पठाएका हुन् । 

प्रधानमन्त्री ओलीले दम्भ र अहङ्कारका साथ गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक, अराजनैतिक र अलोकतान्त्रिकसँगसँगै लहडी र बदनियतपूर्वक रहेको विद्यार्थी नेताहरुको आरोप छ । उनीहरुले प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभा विघटनको निर्णयलाई खारेज गर्न माग समेत गरेका छन् ।

विरोध पत्र मार्फत उनीहरुले प्रतिनिधिसभा विघटन विरुद्ध देशभर भइरहेको विरोध प्रदर्शन र सभाहरुमा प्रदर्शनकारीलाई धम्क्याउने, तर्साउँने र धरपकट नगर्न चेतावनी दिएका छन् । 

ज्ञापन पत्र बुझाउने टोलीमा प्रचण्ड-नेपाल समूह तर्फबाट अनेरास्ववियूको केन्द्रीय सदस्य प्रभाकर गुप्ता, शिवम साह, जुबेर आलम लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...