Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंजकाे उदयपुरघुर्मिमा नेकपा प्रचण्ड-माधव समुहकाे भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । नेकपा प्रचण्ड-माधव समुहकाे वीरगंज महानगरपालिकाकाे वडा नं. १७, १९, २५, २६, २७ काे वडास्तरिय भेला बिहिबार सम्पन्न भएकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. २७ उद्यपुरघुर्मिमा पांच वटै वडाकाे संयुक्त रुपमा आयाेजित भेलालाई सम्बाेधन गर्दै वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकाे असंवैधानिक कदम विरुद्धकाे आन्दाेलनमा सहभागिता जनाउन आग्रह गरेका छन् ।

वक्ताहरुले संसद विघटन असंवैधानिक, अलाेकतान्त्रिक, प्रतिगामी र गणतन्त्र विराेधी भएकाे वताउदै त्यस विरुद्धकाे जारी आन्दाेलनमा गाउँ गाउँबाट सहभागिता जनाउन आग्रह गरेका हुन् ।  यसका साथै पुस २५ गते वीरगंज नगर सभा गृहमा हुने नगरस्तरिय भेलामा पनि सहभागि हुन वीरगंज महानगर कमिटीले आग्रह गरेकाे छ ।

जिल्ला कमिटी सदस्य प्रभु पासवानकाे अध्यक्षता र केन्द्रिय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा केन्द्रिय सदस्य एवं वीरगंज महानगर इन्चार्ज दिनेश राई, प्रदेश कमिटी सदस्य बालगाेपाल थापा, बाबुराम काैशिक, वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, संविधान सभा सदस्य विचारी यादव, जिल्ला कमिटी सदस्य मनाेज चाैधरी, आसमान अन्सारी, गंगाधर महताे, मनाेज कुशवाहा, युवा नेता अरबिन्द सिंह, अनेरास्ववियुका केन्द्रिय सदस्य प्रभाकर गुप्ता, जुबेर आलम,वीरगंज २७ का वडाध्यक्ष प्रदिप यादव, युवा संघका वीरगंज महानगर अध्यक्ष उमेश ठाकुर, विद्यार्थी नेता सुशिल हजरा लगायतकाले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...